IME Life

आगामी वर्ष १४ खर्ब ७४ अर्बको बजेट, मुद्रा स्फीर्ति र आर्थिक बृद्धि ७ प्रतिशत लक्ष्य

SPIL
NIC ASIA

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७।०७८ का लागि कूल १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक गरेको छ । आज संघीय संसदमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी वर्षको आय व्यवको खाका प्रस्तुत गरेका छन् । चालु आर्थिक वर्ष २०७६र७७ को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट घोषणा गरेकोमा कोरोना महामारीका कारण बजेटको आकार केही खुम्च्याउँदै पौने १५ खर्बमा सीमित गरेको हो ।

आगामी आर्थिक वर्षमा सरकारले चालु खर्च नौ खर्ब ४८ अर्ब ९४ करोड छ भने पुँजीगत खर्च तीन खर्ब ५२ अर्ब ९१ करोड रहेको छ । त्यसैगरी, वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७९ करोड बजेट विनियोजन गरिएको छ ।

Prabhu
Crest

आगामी आर्थिक वर्षमा राजश्व परिचालनबाट आठ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ र वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाउने र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यवस्था गर्ने जनाएको छ ।आगामाी आर्थिक वर्षमा सरकारले ७ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य लिएको छ भने ७ प्रतिशत मुद्रा स्फीर्ति दर कायम राख्ने गरी मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS