IME Life

नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता शेयरले आईएसआईएन नम्वर पायो

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता शेयर धितोपत्र कारोबारको लागि शेयर अभौतिकीकरण गर्ने कार्य सम्पन्न भएको छ ।

यससँगै कम्पनीका शेयरले अन्तर्राष्ट्रियस्तरको (अन्तर्राष्ट्रिय धितोपत्र परिचय नम्वर) आईएसआईएन प्राप्त गरेको छ । सिडिएस एण्ड क्लीयरिङ लिमिटेडले कम्पनीलाई यस्तो नम्वर प्रदान गरेको हो । सिडिएस एण्ड क्लीयरिङ कम्पनीले सर्वसाधारण समुहको साधारण शेयरको लागि एनपिई ३५३ए००००० र संस्थापक शेयरका लागि एनपिई३५३ए४०००६ नम्वर दिएको छ ।

Prabhu
Crest

कम्पनीले धितोपत्र सम्बन्धी ऐन पालना गर्ने शर्तमा नेपाल पुनर्बीमा कम्पनीको सर्वसाधारण समुहको १०० अंकित दरका एक करोड ६० लाख कित्ता र संस्थापक लगानीकर्ता समुहको १०० अंकित दरका आठ करोड ४० लाख कित्ता गरी कूल १० करोड कित्ता शेयर साधारण शेयर धितोपत्र बजारमा कारोबार हुनसक्ने गरी अभौतिकरण गरिएको कम्पनीले जनाएको छ ।
पुनर्बीमा कम्पनीले धितोपत्रमा दर्ता प्रक्रिया सुरु भइसकेकोले आगामी दिनमा शेयर बजार खुल्दा पुनर्बीमा कम्पनीको शेयर कारोबार हुने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS