IME Life

नेप्सेमा कारोवार हुने ७ जीवन बीमा कम्पनीहरुलाई एकै ठाउँमा दाँजेर हेर्दा, को अगाडि ?

SPIL
NIC ASIA

काठमाण्डौ: सुचिकृत सम्पूर्ण सात जीवन बीमा कम्पनीले आर्थिक वर्ष ७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । ७ जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ धेरै सूचकमा अगाडी देखिन्छ । सम्पूर्ण सुचिकृत जीवन बीमा कम्पनीहरुलाई इन्स्योरेन्स खबरले गरेको तुलानात्मक अध्ययन:

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा :
चुक्ता पूँजी सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ। नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब ५० करोड रहेको छ। गुराँस लाइफ इन्स्योरेन्स बाहेक सबैले बीमा समितिले तोकेको २ अर्ब न्युनतम चुक्ता पूँजीको लक्ष्य हासिल गरिसकेको अवस्था छ। गुराँस लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ९४ करोड रहेको छ। गुराँस लाईफ इन्स्योरेन्सले पनि शत् प्रतिशत हकप्रद शेयर प्रयोजनार्थ बुक क्लोज गरिसकेको अवस्थामा कम्पनीको पुँजी १ अर्ब ८७ करोड हुन्छ। तर कम्पनीले हकप्रदको प्रक्रिया सम्पन्न नभएको काराणले गर्दा चालु आर्थिक वर्षको तेश्रो त्रैमासको रिपोर्टमा कम्पनीले बुक क्लोज अघिकै चुक्ता पुँजी कायम गरेको छ।

जगेडा कोषको आधारमा :
नेपाल लाइफ इन्स्योरेन्सको जगेडा कोष सबै बलियो छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ७३ करोड रहेको छ। त्यस्तै सबै भन्दा थोरै जगेडा कोषमा रकम गुराँस लाइफ इन्स्योरेन्सको रहेको छ। गुराँस लाईफ इन्स्योरेन्सको जगेडा कोषमा ३६ करोड ६३ लाख रुपैयाँ छ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष सबै बलियो छ। नेपाल लाइफको जीवन बीमा कोषमा ८१ अर्ब ३८ करोड रहेको छ। त्यस्तै सबैभन्दा थोरै जीवन बीमा कोषमा रकम सूर्या लाइफ इन्स्योरेन्सको रहेको छ। सूर्या लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ६ अर्ब ६४  करोड रुपैयाँ छ।

बीमा शुल्क आर्जनको आधारमा :
चालु आर्थिक वर्षको चैत्र महिनासम्म नेपाल लाइफले सर्वाधिक १८ अर्ब ६८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ। त्यस्तै सबैभन्दा थोरै बीमा शुल्क आर्जन गर्नेमा गुराँस लाइफ इन्स्योरेन्स रहेको छ। गुराँस लाइफले १ अर्ब ३७  करोड मात्र कुल बीमा शुल्क आर्जन गरेको छ। कुल बीमा शुल्क आम्दानी लिँदा चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको मात्र लगिएको छ।

खुद नाफाको आधारमा :
चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक ४६  करोड ७६ लाख खुद मुनाफा गरेको छ त्यस्तै सबै भन्दा थोरै खुद मुनाफा गर्नेमा गुराँस लाइफ इन्स्योरेन्स रहेको छ। गुराँस लाइफ इन्स्योरेन्सले ८ करोड ३८ लाख मात्र खुद मुनाफा गरेको छ।

प्रति शेयर आम्दानीको आधारमा:
एसियन लाइफ इन्स्योरेन्सको प्रति शेयर आम्दानी सर्वाधिक १३ रुपैयाँ ८७ पैसा रहेको छ भने सबैभन्दा थोरै एलआईसी नेपालको प्रति शेयर आम्दानी ७ रुपैयाँ १३ रहेको छ। तर गुराँस लाईफ इन्स्योरेन्सको प्रतिशत हकप्रद शेयर प्रयोजनार्थ बुक क्लोज भएको अवस्थामा कम्पनीले पुरानै पुँजीको आधारमा प्रति शेयर आम्दानी गणना गरेको छ।

यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा र प्रति शेयर आम्दानी एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ । त्यस्तै प्रति शेयर आम्दानीलाई वार्शिकरण गरिएको छ।

किताबी मुल्यको आधारमा:
प्राइम लाइफ इन्स्योरेन्सको किताबी मूल्य सबैभन्दा धेरै १५९ रुपैयाँ ६ पैसा रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS