IME Life

कोरोना संक्रमित बढ्ने क्रम रोकिएन, कूल संक्रमितको संख्या ५४८ पुग्यो

SPIL
NIC ASIA

काठमाडौं । गत बैशाखको अन्तिम साता केही समयको लागि लकडाउन खुकुलो बनाएपछि कोरोना संक्रमितहरु चारैतिर फैलिन पाएको पछिल्ला तथ्याङ्कहरुदले देखाएको छ । दैनिकजसो आधा सय भन्दा बढि कोराना संक्रमितहरु फेला पर्न थालेका छन् । बिहिवार र शुक्रबार दुई दिन दैनिक ५० भन्दा माथि नै कोरोना संक्रमितहरु भेटिएकोमा शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएको जनाएकोछ । नयाँ तथ्याङ्कसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राजधानी काठमाडौंको गोकर्णेश्वरमा कोरोना संक्रमित भेटिएको जनाइएको छ । त्यस्तै, सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन् ।

Prabhu
Crest

रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा ८ जना, बाराको करैयामाई गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका–६ र काठमाडौं जिल्लामा पनि एक–एक जना संक्रमित भेटिएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् । हिजो भक्तपुरमा कोरोना संक्रमित भेटिएकोमा आज पुनः काठमाडौंमा कोरोना संक्रमित भेटिएपछि राजधानी उपत्यकाभित्र पनि कोरोनाको त्रास बढ्दै गएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS