IME Life

नेपाल पुनर्बीमा कम्पनीको शेयर सूचीकरण कहिले र कुन समूहमा रहला ?

SPIL
NIC ASIA

नेपाल पुनर्बीमा कम्पनीले सर्वसाधारणलाई शेयर जारी गरेर बाँडफाँड पनि गरिसकेको छ । कोरोनाको त्रासदीले स्थानहद नलागेको भए अहिलेसम्म कारोबारमा आइसक्ने थियो । शेयर बिक्रीको आवेदन खोलेर बन्द भएको बढीमा १ हप्ताभित्र बाँडफाँड हुनुपर्नेमा स्थानहदकै कारण बाँडफाँडमा पनि ढिलाई भएको थियो । स्थानहद लागेपछि नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई शेयर कारोबार स्थगन गर्न आदेश दिएपछि शेयर कारोबार रोकिएको छ ।

Prabhu
Crest

शेयर कारोबार रोकिएको कारण कम्पनीले शेयर सूचीकरण समेत गराएको छैन । यद्धपि कम्पनीले आरविवि मर्चेन्टलाई शेयर रजिष्ट्रार नियुक्त गरिसकेको छ । कम्पनीका अधिकारीले शेयर कारोबार खुल्नासाथ कारोबारयोग्य हुनेगरी सूचीकरण गरिने बताएका भए पनि स्थानहदको बेला गत वैशाख ३० र ३१ गते दुइ दिन शेयर कारोबार खुल्दा पनि यसको शेयर सूचीकरण नगरिएको कारण कारोबार भएन । अब सम्भवत अर्को पटक कारोबार खुल्दा यसको पनि सूचीकरण हुने अनुमान गर्न सकिन्छ ।

कुन समूह रहला 
धेरैको मनमा यस कम्पनीलाई नेप्सेले कुन समूहमा राखेर कारोबार गराउला भन्ने चासो देखाएका छन् । १० अर्व रुपैयाँको चुक्ता पूँजी भएको हुँदा यसको कारोबार मूल्यले नेप्सेको सूचक र समूहगत सूचकलाई हल्लाउन सक्छ । ठुलो पूँजीयुक्त र कारोबार पश्चात कम्तिमा ३ सय रुपैयाँ बजार भाउ रहेमा वा त्योभन्दा बढी कायम भएमा ३० अर्ब रुपैयाँ वा बढीको बजार पूँजीकरण हुने हुँदा यसको समूह कुन होला भन्ने चासो बढेको हो । नेप्सेले बिमा कम्पनीलाई २ अलग-अलग (जीवन र निर्जीवन) समूहमा राखेको हुँदा पुनर्बीमा कम्पनी कुन समूहमा पर्ला भन्ने चासो देखिएको हो । पुनर्बीमा कम्पनीले जीवन र निर्जीवन दुबै कार्य गर्ने हुँदा यसलाई जीवन वा निर्जीवन दुबैमा राख्न पनि मिल्दैन र एक समूह (जीवन र निर्जीवन) मा राख्न मिल्दैन । यस हिसाबले यसको समूह अन्य उपयुक्त हुनसक्ने अनुमान गर्न सकिन्छ । किनकि अन्य समूह भनेका कतै पनि जोडा नमिल्नेलाई राखिने ठाउँ हो ।

समग्र नेप्से परिसूचकका लागि जता राखे पनि फरक पर्दैन तर, समूहलाई भने तात्त्विक असर पर्छ । हाइड्रोइलेक्ट्रीसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनीको नाम हेर्दा जलविद्युत कम्पनी जस्तो देखिए पनि यसलाई जलविद्युत समूहमा राखिएको छैन । यसको कारण के हो भने यसले आफैँले अनुमति लिएर जलविद्युत उत्पादन गर्दैन । यसको सहायक वा प्रवर्द्धित कम्पनीले जलविद्युत विकास (उत्पादन) गर्छ ।

त्यस्तै, वित्त समूहमा राखिएको नागरिक लगानी कोष अहिले अन्य समूहमा स्थानान्तरण गरिएको छ । किनभने यसले पनि वित्तीय कारोबार गरे पनि यो निक्षेप लिने बैंकिंग जस्तो संस्था हैन । यो फरक प्रकारको वित्तीय संस्था भएको कारण यसलाई वित्त समूहवाट झिकेर अन्यमा सारिएको हो । यस आधारमा पुनर्बीमा कम्पनीको समूह अन्य हुनसक्ने अनुमान गर्न सकिन्छ ।

कति मूल्यमा सूचीकरण र लभांश
आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण भएको कम्पनीको वित्तीय प्रतिवेदन अनुसारको नेटवर्थ १ सय ४१ रुपैयाँ १५ पैसा छ । यसको आधारमा नेप्सेले कारोबार मूल्य दायरा तोकेमा १ सय ४१ रुपैयाँ १५ पैसादेखि ४ सय २३ रुपैयाँ ४५ पैसासम्ममा पहिलो कारोबार हुनेछ । आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण नभएको तर, व्यवस्थापनले प्रमाणित गरेको आधारमा १ सय ५३ रुपैयाँ ५८ पैसादेखि ४ सय ६० रुपैयाँ ७३ पैसामा पहिलो कारोबार हुनेछ । कम्पनीको प्रतिशेयर आम्दानी त्यति आकर्षक नदेखिएको हुँदा यसले वर्षमा औसत १० प्रतिशत लाभांश दिन सक्ने स्थिति देखिन्छ । यस्ता बीमा कम्पनीले आफैँ बीमा नगराउने हुँदा अन्य बेमा कम्पनीमा आम्दानी निर्भर हुन्छ । कम्पनीको उद्देश्यमा बीमा व्यवसाय समेत गर्ने भन्ने उल्लेख छ । यस आधारमा आफैँले बीमा व्यवसाय गरेमा आम्दानी बढ्न सक्ने सम्भावना छ । तर, कम्पनीले के के गर्ला त्यो हेर्न बाँकी छ । प्रथम वर्ष भने कम्पनीले संचित जगेडाबाट अपेक्षाभन्दा बढी लाभांश बाँड्ने प्रस्ताव गर्न सक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

अधिवक्ता ज्योति दाहाल
Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS