IME Life

स्वस्थ, पारदर्शी र सेवाग्राहीमैत्री बीमा सेवामा अर्थमन्त्री डा. खतिवडाको जोड

SPIL
NIC ASIA

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वस्थ, पारदर्शी र सेवाग्राही मैत्री बीमा सेवा प्रवाह गर्न बीमक तथा नियमनकारी निकायलाई निर्देशन दिएका छन् । बीमा समितिको ५२ औं बार्षिकोत्सवको अवसरमा अर्थमन्त्री तथा सूचना तथा सञ्चार मन्त्री डा. खतिवडाले बीमकहरुलाई बीमा सेवा प्रवाह गर्दा स्वस्थ, पारदर्शी र सेवाग्राही मैत्री सेवामा ध्यान दिन आग्रह गरेका हुन् ।

कोरोना महामारीका कारण घोषणा गरिएको लकडाउनले औपचारिक कार्यक्रम आयोजना गर्न नसकेको बीमा समितिले डिजिटल अन्तरक्रिया कार्यक्रम आयोजना गरी ५२ औं बार्षिकोत्सव मनाएको छ । बीमा समितिका अध्यक्ष चिरिञ्जीवी चापागाँईको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथिको रुपमा अर्थमन्त्रालयको हलबाट अर्थमन्त्री डा. खतिवडाले सम्बोधन गरेका छन् ।

Prabhu
Crest

मन्त्री खतिवडाले बीमा कम्पनीहरुलाई दायरा बढाउन निर्देशन दिएका छन् । दायरा बृद्धि गर्न नसकेमा सिष्टर कम्पनी खोलेर लघुबीमा, पुनर्बीमा लगायतका बीमाका अभियानमा लाग्न आह्वान गरेका छन् । कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले भने, ‘लघु बीमाको दायरामा बढाउनुस्, सक्नुहुन्न भातृ संस्था खोलेर अघि बढ्नोस्, छिटोभन्दा छिटो बीमाको बजार विस्तार गर्नुस् ।’ मन्त्री खतिवडाले पुनर्बीमा कम्पनीलाई विदेशमा व्यापार विस्तार गर्न आग्रह गरेका छन् ।

बीमा समितिको बार्षिकोत्सवमा अर्थमन्त्री डा. खतिवडाले बीमित मैत्री बीमा सेवामा जोड दिन आग्रह गरेका छन् । मन्त्री खतिवडाले भने, ‘बीमकहरुले स्वास्थ व्यवसायमा ध्यान दिनुहोला । बीमितले आफ्नो हानी नोक्सानीको क्षतिपूर्ति लिन लामो समय कुनुपर्ने अवस्था नहोस् । रकम माया मार्नुपर्ने अवस्था नरहोस् ।’ मन्त्री खतिवडाले बीमा विविधिकरण गर्नुपर्ने बताए । बीमालाई भौगोलिक आर्थिक हिसाबले विविधिकरण गरेर अघि बढ्न सुझाव दिए ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सञ्चालन गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर गभर्नर महाप्रसाद अधिकारीले बीमा समितिलाई प्रभावकारी नियमन गर्न सुझाव दिए । उनले समग्र बीमा क्षेत्र चुनौतिपूर्ण रहेको भन्दै बैंकतर्फ र बीमातर्फ धेरै कामहरु गर्नुपर्ने हुनसक्ने बताए । कोरोना भाइरसको असरबारे बैंकिङ क्षेत्रमा समन्वय गर्ने काम भयरहेको बताउँदै गभर्नर अधिकारीले बीमितहरुको हितको संरक्षणमा ध्यान दिन आग्रह गरे । उनले भने, ‘बीमालाई तल्लो तहसम्म पुर्याउने जिम्मेवारी पूरा गर्न बीमा क्षेत्रले उत्तरदायी बनेर अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले बीमाको पहुँच बृद्धिका लागि तीन वटा महत्वपूर्ण कामहरु एकसाथ अघि बढाएको बताए । उनले विदेशी बीमा कम्पनीहरुलाई नेपालीमा बीमा व्यवसाय सञ्चालन गर्न नदिन सीमा क्षेत्रमा होर्डिङ बोर्डहरु राखिएको, गाउँ गाउँमा बीमाको पहुँच विस्तारको लागि स्थानीय सरकारसँग बीमा समिति अभियान देशैभरि सञ्चालन गरिएको, विभिन्न कलेज तथा विश्व विद्यालयमा अध्ययनरत ‘विद्यार्थीसँग बीमा’ अभियान सञ्चालन गरिएको बताए ।

बीमा समितिको अध्यक्ष चापागाँईले यस वर्षमात्रै १४ वटा स्थानीय सरकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउँदै बीमा समिति बीमा जनचेतना जगाउने राष्ट्रिय अभियानमा जुटेको बताए ।

कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पुँजि बजारको क्षेत्रमा बीमा कम्पनीहरु सहभागी भएको बताए । पुँजि बजार र बीमा कम्पनीहरुको सहकार्यमा बीमा समितिले समन्वयात्मक भूमिका खेलिदिन आग्रह गरे । वित्तीय क्षेत्रमा स्थायित्वको लागि नियमनकारी निकायबीच सहकार्य आवश्यक भएको बताए । बीमा समितिको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गरिएको कार्यक्रममा नेपाल धितोबोर्डका अध्यक्ष ढुंगानाले बीमा क्षेत्रमा धेरै अवसर रहेको भन्दै कर्जा बीमा, व्यवसाय बीमा, व्यक्तिगत आवश्यकता अनुरुपका विभिन्न बीमा पोलिसीहरु बजारमा लैजान सकिने बताए ।

कार्यक्रममा आईक्यानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बीमा क्षेत्रको वित्तीय विवरणको मापदण्ड तयार गर्दा खेल्नुपर्ने भूमिकाका लागि आईक्यान सदैव तयार रहेको बताए । आईक्यानले जारी गरेको एनएफआरएस मापदण्डमा सबैले सहयोग गरेको बताए ।

नेपाल बीमक संघका अध्यक्ष दीप प्रकाश पाण्डेले कोरोना महामारीले नेपाली बीमा क्षेत्रले चुनौतिसँगै नयाँ अवसर समेत प्राप्त गरेको बताए । उनले डिजिटलको माध्यमबाट बीमा गर्ने सुविधा सुरु गरिएको बताए । उनले कृषिमा आधारित साना तथा मझौला उद्योगहरुको लागि आगामी वर्ष स्वर्ण युग आउने सक्नेतर्फ सरकार र बीमा कम्पनी तयारी अवस्थामा रहनुपर्ने बताए । कृषि तथा पशुपालनको विकासको लागि सरकारले स्पष्ट योजना बनाएर अघि बढेको खण्डमा बीमाको व्यवसाय समेत बृद्धि हुने र पुनर्बीमा समेत नेपालमा गर्ने गरी व्यवस्था गर्नुपर्ने बताए । अध्यक्ष पाण्डेले भौगोलिक विकटताले बीमा अझै प्रभावकारी रुपमा विस्तार हुन नसकेको बताए । अध्यक्ष पाण्डेले प्राकृतिक क्षतिको बीमा गर्न आम जनता नै अग्रसर हुनुपर्ने बताउँदै बीमा कम्पनीहरु र स्थानीय सरकार र नेपाल सरकारबीच मिलेर अघिब बढ्नुपर्ने बताए ।

जीवन बीमक संघका अध्यक्ष शिवना पाण्डेले कोरोना महामारीले जीवन बीमा क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको बताए । लकडाउनको अवधीले बमिा अभिकर्ताहरु धेरै समस्या परेको गुनासो गर्दै अध्यक्ष पाण्डेले थप बीमा शुल्क संकलन गर्न सक्ने अवस्था नरहेकोले जीवन बीमा क्षेत्र संकटमा पर्दै गएको बताए । जीवन बीमक संघको अध्यक्ष पाण्डेले प्रथम बीमा शुल्क र नकिवरण बीमा शुल्क शुल्क उठ्ने अवस्था नरहेको, बैंकहरुले निक्षेपको ब्याज घटाएकोले जीवन बीमा कम्पनीहरुको आयमा उच्च गिरावट आउने चेतावनी दिए । उनले दैनिक कार्यालय सञ्चालन खर्च व्यहोर्न स्रोत खोज्नुपर्ने अवस्था रहेको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS