IME Life

पुस मसान्तसम्म पुनर्बीमा कम्पनीको बीमा शुल्क आर्जन तीन अर्बमाथि, मुनाफा ६२ करोड

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार मुनाफा १२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले पुस मसान्तसम्ममा ६२ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ५५ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले जीवन बीमा कम्पनीहरुमार्फत ६ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ भने निर्जवन बीमा कम्पनी मार्फत ५६ करोड, ३२ लाख रुपैयाँँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

त्यस्तै, कम्पनीले पुस मसान्तसमम्मा जीवन बीमा कम्पनीहरु मार्फत १९ करोड ९८ लाख रुपैयाँ र निर्जिवन बीमा कम्पनीहरु मार्फत २ अर्ब ८१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।कम्पनीले गत बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरु मार्फत १९ करोड ८६ हजार रुपैयाँ गरी २ अर्ब ९९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जनमा सुधार आएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेकोमा गत चैत्रको पहिलो साता आइपीओ निष्सकासन पश्चात् कम्पनीको पुँजी १० अर्ब पुगीसकेको छ । कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा २ अर्ब ५ करोड रुपैयाँ सञ्चित रहेको छ भने जीवन व्यवसायतर्फको जगेडा कोषमा भने ४८ करोड ४६ लाख रुपैयाँ सञ्चित रहेको छ । जसअनुसार कम्पनीको जगेडा कोषमा कुल २ अर्ब ५४ करोड ११ लाख ८ हजार रुपैयाँ रकम संचित रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS