IME Life

पाँच लाख बीमा अभिकर्ताको अवस्था जटिल बन्दै, ‘जोखिमको बीमा गरौं’ भन्दै हिड्ने अभिकर्ता आफै जोखिममा

SPIL
NIC ASIA

काठमाडौं । कोरोना भाइरसका विरुद्धमा सरकारले घोषणा गरेको लकडाउन आज ३९ दिन बितिसकेको छ । लकडाउनका कारण १८ वटा नेपालमा दर्ता भएका र एउटा विदेशी कम्पनीको नेपालस्थित शाखा कार्यालयमा कार्यरत करिब पाँच लाख बीमा अभिकर्ताको अवस्था जटिल बन्दै गएको पाइएको छ ।

कोरोना महामारीबाट जोगाउन सरकारले गरेको लकडाउनका कारण व्यवसायमा आधारित रहेर कमिशनबाट जीवितकोपार्जन गर्ने बीमा अभिकर्ताहरु गम्भिर आर्थिक संकटमा फस्दै गएका छन् । जीवन बीमा कम्पनीहरुको मेरुदण्ड मानिने बीमा अभिकर्ताहरुले फागुन महिनासम्मको कमिशन तथा अन्य पाउनुपर्ने रकम प्राप्त गरेको भएपनि चैत्र ११ गतेदेखि लागेको लकडाउनको कारण व्यापार गर्न नसक्दा आम्दानी गर्न सकेका छैनन् । अधिकांश बीमा कम्पनीहरुको बीमा शुल्क लगभग शून्य (केही अपवाद बाहेक) छ । सर्वसाधारणको घरघरमा पुगेर बीमाबारे जनेचतना जगाउँदै बीमा गर्नुपर्ने करिब पाँच लाख अभिकर्ता (नविकरण गरेको एक लाख र दर्ता भएको पाँच लाख ६० हजार भन्दा बढि) ले जारी लकडाउनका कारण घर बाहिर समेत निस्कन नपाउँदा बीमा व्यवसाय शून्य हुन पुगेको हो ।

Prabhu
Crest

इन्स्योरेन्स कम्पनीको सम्पर्कमा आएका देशैभरिका बीमा अभिकर्ताहरुले लकडाउनका कारण आर्थिक संकटमा फसेका कारण बैकल्पिक पेशा अंगाल्न बाध्य हुने अवस्था आउन लागेको चेतावनी दिएका छन् । चैत्र १० गतेसम्म गरेको व्यवसायबाट आउने रकमले आजसम्म जेनतेन धाने पनि बैशाखमा व्यवसाय शून्य हुँदा दशैभरिका सबै अभिकर्ताहरुको आम्दानी पनि शून्य हुनेछ । बीमा अभिकर्ताहरुको समस्या गम्भिर बन्दै गएकोबारे पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द तिवारी बीमा कम्पनीहरुले माग पूरा नगर्ने भएकोले अभिकर्ताको कुनै माग नउठाएको बताउँछन् । संघले यहीबीचमा आयकर छुटको माग राख्दै ज्ञापन पत्र नै बुझाएको भएपनि अभिकर्ताहरुको आर्थिक समस्याबारे छलफल समेत गरेको छैन ।

दशैभरिका बीमा कम्पनीका अभिकर्ताहरुले सरकार र बीमा कम्पनी मिलेर दशैभरिका अभिकर्ताको संरक्षणको लागि तत्काल राहत प्याकेज ल्याउनुपर्ने बताउँछन् । इन्स्योरेन्स खवरको सम्पर्कमा आएका अधिकांश बीमा अभिकर्ताहरुले निब्र्याजी ऋण, भत्ता वा जीविकोपार्जनको लागि आवश्यक आर्थिक सहयोग समेटिएको राहत प्योकज आवश्यक भएको बताएका छन् ।

नेपाल लाईफ इन्स्योरेन्सका अभिकर्ता हरि सञ्जेलले भने, सरकारले सक्रिय भएका अभिकर्ताहरुलाई आगामी दिनमा व्यवसाय गरेर भुक्तानी गर्ने गरी कम्तीमा ५० हजार रुपैयाँसम्म निब्र्याजी ऋणको व्यवस्था गर्नुपर्ने बताउँछन् । काठमाडौंमा बस्दै आएका उनले आफूजस्तै बीमा अभिकर्ताहरुको आर्थिक अवस्था दिनानुदिन दयनीय बन्दै गएकोले तत्काल राहत प्याकेज आवश्यक रहेको बताए ।

बिर्तामोडस्थित रिलायन्स लाईफ इन्स्योरेन्सकी अभिकर्ता जानुका भुजेल अभिकर्ता कोरोनाबाट सबैभन्दा धेरै पीडित भएकोले तत्काल आर्थिक राहत प्याकेज ल्याउन आग्रह गर्दछिन् । उनले भनिन्, ‘हामी जुन लक्ष्यका लागि काम गर्दै थियौं, अब त्यो अबरुद्ध भइसकेको छ । हामीले लक्ष्य अनुसार पाउने इन्सेन्टिभ घटाएर राहत दिन सक्नुहुन्छ, आर्थिक सहयोगको राहत प्याकेज दिनुसक्नहुन्छ । केही न केही भईदिए आगामी दिनमा अझै बीमा अभिकर्ता भएर काम गर्दा पनि जीविको पार्जन सुरक्षित हुन्छ भन्नेमा ढुक्क हुनसक्छौं ।’ भुजेलले सरकारको नाममा आग्रह गर्दै भनिन्, ‘बीमा क्षेत्रले पुर्याएको योगदान, अभिकर्ताले गरेको व्यवसाय, टिमलाई हेरेर मोडालिटी बनाएर राहत प्याकेज घोषणा गरियोस् ।’

सापकोटाले बीमा अभिकर्ताले लिएको लक्ष्य पूरा गर्न कठिन बनेको तनाव एकातिर बीमा व्यवसाय ठप्प हुँदा जीविकोपार्जनको तनाव अर्कोतिर हुने अवस्थाले बीमा अभिकर्ता बिचलित बन्न सक्नेतर्फ बीमा कम्पनी, बीमा समिति र नेपाल सरकारको ध्यान जानुपर्ने बताउँछिन् ।

नेपालगन्ज निवासी भावना सापकोटा नेशनल लाईफमा काम गर्छिन । उनले भनिन्, ‘नेपालगन्जमा त बाहिर निस्कन पनि कठिन छ, आज मात्रै संक्रमित थपिएका छन् । अबको अवस्था झनै कठिन हुनसक्ने देखिन्छ । यस्तो अवस्थामा अभिकर्ताको संरक्षण गर्ने योजना अति जरुरी छ ।’ सापकोटाल बीमा अभिकर्ताहरुले लिएको लक्ष्य पूरा गर्न कठिन बनेको तनाव एकातिर बीमा व्यवसाय ठप्प हुँदा जीविकोपार्जनको तनाव अर्कोतिर हुने अवस्थाले बीमा अभिकर्ता बिचलित बन्न सक्नेतर्फ बीमा कम्पनी, बीमा समिति र नेपाल सरकारको ध्यान जानुपर्ने बताउँछिन् ।

तराईको बाराबाट एशियन लाईफ इन्स्योरेन्समा काम गर्दै आएका सागर विश्वकर्मा अभिकर्ता बीमा अभिकर्ता भोकभोकै मर्ने अवस्था आउन नदिन सबैको ध्यान जानुपर्ने बताउँछन् । उनले भने, ‘बीमा व्यवसाय पार्ट टाईम व्यवसाय त हो, सबैको अन्य आम्दानी हुन्छ भन्ने छैन, जीवन बीमा अभिकर्तालाई आफ्नो जीवनशैली बनाएकाले चैत्र र बैशाख महिनाको आम्दानी शून्य हुँदा के खाने ? यसतर्फ सरोकारवालाको ध्यान जानुपर्दछ ।’ विश्वकर्माले जनताको क्रयशक्ति घटेको छ, भोलिका दिनमा बीमा व्यवसाय हिजोकै गतिमा हुन्छ भन्ने छैन त्यसैले एक्टिम बीमा अभिकर्तालाई तलव, ऋण, भत्ताको व्यवस्था गर्नुपर्ने बताउँछन् ।

उता, धनगढी कैलालीबाट सिटिजन्स लाईफमा आबद्ध भई जीवन बीमा व्यवसाय गर्दै आएका हरि भट्ट भने आर्थिक सहयोगको प्याकेज ल्याएको अवस्थामा अभिकर्ता र बीमा कम्पनीबीचको सम्बन्ध झनै राम्रो हुने बताउँछन् । उनले भने, ‘एजेन्सी म्यानेजर र अन्यले त तलव पाउँछन्, अन्य लक्ष्य पुर्याउन प्रयासरत अभिकर्ताहरुलाई दुई महिनासम्म कमिशन नआउँदा भान्सामै समस्या पर्ने बताउँछन् । बीबीएस चौथो वर्षमा अध्ययनरत भट्ट जनतालाई जीवनको जोखिमको बीमा गरौं भन्दै हिड्ने अभिकर्ता नै भोकभोकै बस्नुपर्ने, मर्नुपर्ने जोखिमको सामना गर्नु नपर्ने गरी सरकारले सोच्नुपर्ने बताउँछन् ।

कोरोनाको महामारी लामो समय जाने, कमिशनमा काम गर्ने हो भनेर कुनै राहत प्याकेज नल्याउने हो भने बीमा अभिकर्ताहरुले यही पेशा भनेर कुरेर बस्ने कुरा नहुने र पछि खोज्न मुश्किल पर्न सक्ने चेतावनी दिए । उनले भने, ‘आजकै दिनमा त बैकल्पिक क्षेत्रमा जाने सोचिसकेको छैन, तर अवस्था यस्तै रहने, व्यवसाय हुनै नसक्ने, कमिशन नआउने हो भने जीविकोपार्जन त गर्नै पर्यो । मैले मात्रै होइन, शायद अरु धेरैले सोच्नेछन् ।’

काठमाडौंस्थित शाखा कार्यालयमा कार्यरत भरत दुलाल पनि केही न केही राहत चाहिन्छ । दुई महिना हुन लाग्यो, व्यवसाय चलेको छैन, कमिशन पनि आउँदैन, बीमा अभिकर्ताको घर व्यवहार पनि चल्नु पर्यो । मेरो जीविका त गाह्रोसाह्रो चलेकै छ । अरु नहुने साथीहरु पनि हुनुहुन्छ, उहाँहरु यहाँ बस्न नसकेर गाउँ जानु भएको छ । केही भईदिए सबैलाई राम्रो हुन्थ्यो । अर्कोकुरा लामो समयसम्म यस्तो अवस्था रह्यो भने अभिकर्ता जोगाउन पनि बीमा कम्पनीहरुले राहत प्याकेज बारे सोच्नु दुलाल बताउँछन् । कोरोनाको महामारी लामो समय जाने, कमिशनमा काम गर्ने हो भनेर कुनै राहत प्याकेज नल्याउने हो भने बीमा अभिकर्ताहरुले यही पेशा भनेर कुरेर बस्ने कुरा नहुने र पछि खोज्न मुश्किल पर्न सक्ने चेतावनी दिए । उनले भने, ‘आजकै दिनमा त बैकल्पिक क्षेत्रमा जाने सोचिसकेको छैन, तर अवस्था यस्तै रहने, व्यवसाय हुनै नसक्ने, कमिशन नआउने हो भने जीविकोपार्जन त गर्नै पर्यो । मैले मात्रै होइन, शायद अरु धेरैले सोच्नेछन् ।’

त्यस्तै काभ्रेबाट रिलायन्स लाईफ इन्स्योरेन्समा बीमा व्यवसाय गर्दै आएकी सोनु महतको भने फरक धारणा छ । बीमा अभिकर्ता अन्य पेशामा पनि रहेकाले आर्थिक भन्दा पनि निरन्तर सम्पर्क रहेर लकडाउन खुलेपछि बीमा अभिकर्ताको योजनामा कम्पनीले सघाउनुपर्ने बताउँछिन् । उनले भनिन्, ‘नयाँ कम्पनी हो, हामीले धेरै आशा गरेका छैनौं, कम्पनीका डिसिओ सर आफै नियमित भिडियो कम्फ्रेन्समा आएर हौसला प्रदान गरिरहनु भएको छ, अहिलेको अवस्था नै यस्तो छ, हामी खुशी छौं ।’

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS