IME Life

पाँच दिनमा ४१ लाख रुपैयाँको कोरोना बीमा पोलिसी बिक्री

SPIL
NIC ASIA

काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट आम सर्वसाधारणलाई राहत दिन बीमा समिति, नेपाल बीमक संघको सहकार्यमा ल्याइएको कोरोना बीमा पोलिसीको बिक्री उत्साहप्रद रहेको पाइएको छ । १८ वटा बीमा कम्पनी तथा दुई वटा विदेशी बीमा कम्पनीका नेपालस्थित शाखा कार्यालयले पाँच दिनमा ४१ लाख १५ हजार भन्दा बढीरुपैयाँको बीमा पोलिसी बिक्री भएको छ ।

नेपाल बीमंक संघको तथ्याङ्क अनुसार ५ दिनसम्म निर्जिवन बीमा कम्पनीहरुले ४ सय ६९ वटा कोरोना बीमा पोलिसी बिक्रि गरिसकेको जनाएको छ । हाल संचालनमा रहेको निर्जिवन बीमा कम्पनीहरुले ५ दिनसम्ममा ४ सय ६९ वटा बीमा पोलिसी मार्फत ७ हजार ४ सय १२ जना बीमितको रक्षावरण गरिएको छ ।

Prabhu
Crest

अधिकांश कर्पोरेट कम्पनी र अस्पतालहरुले आफनो कर्मचारीको सामूहिक रुपमा बीमा गराएका छन् । कोरोना बीमाप्रति बीमितहरुको आकर्षण बढ्दै गएको कम्पनीका अधिकारीहरुको भनाई छ ।

बीमा समितिले आईतबार यस बीमा योजना औपचारिक रुपमा सुरुवात गरेको थियो । समितिका अध्यक्ष चाँपागाईले कोरोना बीमा योजना खरिद गरेर उक्त बीमा योजना सार्वजनिक गरेकोमा हालसम्म झण्डै आठ हजारले उक्त पोलिसी लिइसकेका छन् । साथै बीमा समितिले उक्त कोरोना बीमा समितिमा आवद्ध भएका ८० जना कर्मचारीहरुमार्फत सामुहिक रुपमा कोरोना बीमा लिएर सुरुवात गरेको थियो ।
समितिले यस बीमा योजनाको लागि निर्जिवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेरै अभियानमा रुपमा बीमा योजना अघि बढाउन निर्देशन दिएको छ । सोही बमोजिम कम्पनीहरु आफ्ना कार्यक्षेत्रमा खटिएको बीमक संघले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS