IME Life

कोरोना बीमाका लागि कम्पनी अनुसार जिल्ला तोकियो, कुन जिल्लामा कुन बीमा कम्पनी ?

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले २० वटा निर्जीवन बीमा कम्पनीलाई कारेना भाइरस बीमाको लागि कार्यक्षेत्र तोकिदिएको छ । विश्वभर आंतकित रुपमा फैलिरहेको कोरोना भाइरस सम्बन्धी बीमा योजना आईतबारदेखि अनौपचारिक रुपमा शुभारम्भ भएको छ।

यस बीमा योजना पुल मार्फत गरिने समितिले जनाएको छ । साथै लकडाउनको अवधिलाई मध्यनजर गर्दै बीमा कम्पनीहरुले बीमीतको सुविधाको लागि अनलाइन मार्फत नै खरिद गर्न सक्ने व्यवस्था गरेको छ। साथै समितिले यस बीमा योजनालाई प्रभावकारी बनाउन जिल्ला तोकिदिएको छ । समितिले निर्जिवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर कोरोना भाइरस बीमा गर्न निर्देशन दिएको हो ।
समितिका अनुसार नेपाल इन्स्यारेन्स कम्पनीले दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा कोरोना भाइरस बीमाको काम गर्नुपर्नेछ । यस्तै राष्ट्रिय बीमा कम्पनीले बझाङ, डोटी र कैलाली, युनाइटेड इन्स्योरेन्स कम्पनीले हुम्ला, बाजुरा र अछाममा कोरोना बीमा गर्नुपर्नेछ ।

Prabhu
Crest

एभरेष्ट इन्स्योरेन्स कम्पनी कालिकोट, दैलेख, सुर्खेत र बर्दिया, सगरमाथा इन्स्योरेन्स कम्पनीले मुगु, जाजरकोट र जुम्ला, एनएलजी इन्स्योरेन्सले डोल्पा, पश्चिम रुकुम, सल्यान र बाँके, प्रभु इन्स्योरेन्सले मुस्ताङ, म्याग्दी, बाग्लुङ र स्याङ्जा, सिद्धार्थ इन्स्योरेन्स मनाङ, कास्की, पाल्पा र रुपन्देही जिल्लामा कोरोना बीमा गर्नुपर्नेछ ।

प्रुडेन्सियल इन्स्योरेन्सले गोरखा, लमजुङ, तनहुँ, परासी, शिखर इन्स्योरेन्सले चितवन, मकवानपुर, धादिङ र नुवाकोट, हिमालयन जनरल इन्स्योरेन्सले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर र बारा, प्रिमियर इन्स्योरेन्स कम्पनीले दोलखा, रामेछाप, सिन्धुली र सर्लाहीमा कोरोना बीमा गर्नुपर्नेछ ।

कोरोना बीमाका लागि तोकिएकोले आइएमई जनरल इन्स्योरेन्सले सोलुखुम्बु, ओखलढुङ्गा, महोत्तरी, धनुषा, लुम्बिनी जनरल इन्स्योरेन्स सङ्खुवासभा, भोजपुर, खोटाङ र उदयपुर, नेको इन्स्योरेन्सले ताप्लेजुङ, पाँचथर, इलाम र झापा, दि ओरिइण्टल इन्स्योरेन्सले धनकुटा, सुनसरी, तेह्रथुम र सप्तरी, नेशनल इन्स्योरेन्सले रोल्पा, प्यूठान, दाङ र अर्घाखाँचीमा कोरोना बीमा गराउनुपर्नेछ ।

सानिमा जनरल इन्स्योरेन्सले कपिलवस्तु, नवलपुर र मोरङ, जनरल इन्स्योरेन्स कम्पनी रसुवा, सिराहा र पर्सा, अजोड इन्स्योरेन्सले गुल्मी, पर्वत, पूर्वरुकुम र रौतहटका कोरोना बीमा गर्नुपर्नेछ । काठमाडौँ र भक्तपुर जिल्लामा सबै बीमा कम्पनीलाई कार्यक्षेत्र तोकी जिम्मा दिइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS