IME Life

कोरोनाको बीमा गर्ने बीमा समितिको निर्णय, कोभिड–१९ बीमालेख जारी

SPIL
NIC ASIA

काठमाडौं । नेपालको बीमा सम्बन्धी नियामक निकाय बीमा समितिले कोरोना भाइरस (कोभिड–१९) बाट हुने रोगको रक्षावरण हुने गरी नयाँ बीमालेख जारी गरेको छ ।

बीमा समितिले आज नयाँ बीमालेख जारी गर्दै कोरोना भाइरसको एक लाख रुपैयाँ र ५० हजार रुपैयाँको दुई बीमालेख जारी गर्न सकिने व्यवस्था गरेको छ । श्रेणी क र ख गरी जारी बीमालेखमा एक लाख रुपैयाँसम्मको बीमा गर्दा एक हजार रुपैयाँ बीमा शुल्क लाग्ने र परिवारका सबै सदस्यहरुको बीमा गर्दा प्रतिव्यक्ति ६०० रुपैयाँ बीमा शुल्क निर्धारण गरिएको छ ।

Prabhu
Crest

त्यस्तै श्रेणी ख अन्तर्गत ५० हजार रुपैयाँसम्मको बीमा गर्न पाइने र त्यसको लागि प्रतिव्यक्ति बीमा शुल्क ५०० तोकिएको छ । परिवारका सबै सदस्यको बीमा गर्न चाहेमा ३०० रुपैयाँ बीमा शुल्क निर्धारण गरिएको छ ।

बीमा समितिले कोरोना लागेको पिसिआर परिक्षणमा पोजेटिभ देखिने वित्तिकै बीमा रकम दावी भुक्तानी लिन पाइने व्यवस्था गरेको छ । साथै बीमा समितिले सबै निर्जिवन कम्पनीहरुलाई कृषि बीमाका लागि तोकिएको जिल्लाहरु नै कार्यक्षेत्र रहने निर्णय समेत गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS