IME Life

बीमा अभिकर्ताहरुले यसरी गर्नुहोस लकडाउनमा तयारी

SPIL
NIC ASIA

देशभर कायम लकडाउन सँगै देशका सबै नागरिकहरु अहिले घरभित्रै रहँदै आएकाछन् । सामाजिक दुरी कायम राख्ने तथा एकअर्कासँग अत्यावश्यक बाहेक भेटघाट गर्ननहुने अहिलेको परिप्रेक्ष्यमा बीमा अभिकर्ताकै काम गरेर आफ्नो गुजारा गर्नुहुने सबै बीमा अभिकर्ताहरु यो लकडाउनका कारण थप व्यवसाय वृद्धि गर्न नपाएर चिन्तित भैराख्नु भएको हुन सक्छ । यो आलेख अभिकर्ता साथीहरुलाई अहिलेको यो फुर्सदको समयलाई कसरी सदुपयोग गर्ने तथा आगामी दिनमा आफ्नो बीमा व्यवसायलाई थप सुदृढ तथा सबल बनाई सफल हुन सकिन्छ भनेर तयार गरिएको हो ।

यो महामारी सधैभरी रहदैन । ढिलोचाँडो यसको निदान अवश्य हुनेछ तसर्थ अहिलेको परिस्थितिमा घरभित्रै रहँदै गर्दा पनि अभिकर्ताहरुले विभिन्न सकारात्मक तथा रचनात्मक कार्यहरु गरेर बीमाको क्षेत्रमा आफ्नो जग थप बलियो बनाउने तयारी गर्न सक्नुहुनेछ । अहिलेको यो समयमा धेरै साथीहरु आ…. यो फुर्सदको समय हो भन्दै मोबालइमा गेम खेल्दै तथा विभिन्न अनलाईन माध्यमबाट लुडो, तासहरु खेल्दै, विभिन्न सिनेमाहरु हेर्दै तथा युटुबमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्दै सकारात्मक रुपमा आफ्नो समय व्यतित गर्दै आउनु भएको होला । यी कार्यहरु यस्तो लकडाउनमा आफैमा सकारात्मक कार्यहरु हुन । यद्यपि यो समयलाई त्यति गतिविधिहरुमा मात्रै सिमित नराखी अभिकर्ता साथीहरुले आफूलाई आवश्यक हुने गरी वीमाको क्षेत्रमा रहेका विभिन्न जानकारी तथा बीमा सम्बन्धी थप ज्ञानको अभिवृद्धि गर्ने उपयुक्त समय पनि हो ।

Prabhu
Crest

यसका साथै अभिकर्ता साथीहरुले नयाँ व्यवसाय तुरुन्त भइनहाले पनि त्यसको लागि आवश्यक तयारी गर्ने तथा आफ्ना सम्भावित ग्राहकहरुलाई फोन, मेसेज, फेसबुक एवं अन्य सामाजिक सञ्जालहरुको सहयोगबाट आफ्ना कुराहरु राख्ने कार्य गर्न सक्नुहुनेछ । यसका साथै आफ्ना पुराना ग्राहकहरुलाई पनि यो लकडाउनको समयमा के कसरी समय व्यतित गरिराख्नु भएको छ भनेर उहाँहरुको हालचाल सोध्न सक्नुहुनेछ ।

यसका अलावा अभिकर्ता साथीहरुले आगामी दिनहरुमा आफ्नो बीमा व्यवसायलाई वृद्धि गर्न निम्नानुसारको कार्य गर्न सक्नुहुनेछ ।

१. बीमा सम्बन्धि ज्ञानको अभिवृद्धि गर्ने
यो समयमा बीमा सम्बन्धी विभिन्न पुस्तकहरु, रिसर्च प्रतिवेदनहरु, जर्नलहरु, दाबी भुक्तानी सम्बन्धि संसारभरी रहेका समस्या तथा विभिन्न अपराधिक घटनाका केस अध्ययनहरु लगायतका विषयहरु युटुब तथा गुगलबाट खोजी खोजी पढ्न सक्नुहुनेछ । यस्ता विषयको अध्ययनले तपाईंहरुले भोलिका दिनमा आफ्ना ग्राहकहरुले गरेको जिज्ञासालाई सहज ढंगबाट उत्तर दिन सक्नुहुनेछ । यसका अलावा अहिले आफ्ना ग्राहकसँग बीमा सम्बन्धी कुराको चर्चा गर्दा ग्राहकको मनोविज्ञान अनुसार कसरी कुराहरुलाई अगाडि बढाउने भनेर पनि युटुबमा उपलब्ध विभिन्न यस सम्बन्धी भिडियोहरु हेरी आफ्नो क्षमता अभिवृद्धि गर्न सक्नुहुनेछ । किनकि हामीले ग्राहकहरुसँग कुरा गर्दा उहाँहरुको मनोविज्ञान बुझ्न अत्यन्तै जरुरी हुनेगर्दछ । यसका साथै बीमाको विषयमा उपलब्ध रहेका विभिन्न चलचित्रहरु हेरेर पनि यहाँहरुले अहिलेको समयलाई सदुपयोग गर्दै बीमाको विषयमा आफ्नो विज्ञता बढाउन सक्नुहुनेछ ।

२. बीमा सम्बन्धी काम गर्ने विभिन्न संस्थाहरुको बारेमा जानकारी संकलन गर्ने
अध्ययन गर्नेक्रममा यहाँहरुले बीमाकै क्षेत्रमा संसारभरी रहेका हरेक देशका बीमा नियामकको अवस्था, तिनीहरुको देशमा बीमा सम्बन्धि गतिविधिहरु, तिनीहरुले प्रयोग गर्ने प्रविधिहरु, ती देशका अभिकर्ताहरुको अवस्थाका साथै बीमाको क्षेत्रमा अध्ययन, अनुसन्धान गर्ने विभिन्न संस्थाहरु, बीमा अभिकर्ताहरुको सञ्जालको अवस्था, बीमा अभिकर्ताहरुको क्षमता अभिवृद्धि गराउने अध्ययन तथा तालिम कार्यक्रमहरु के कस्ता रहेकाछन् आदिका बारेमा अध्ययन गर्न सक्नुहुनेछ र पछि विभिन्न फोरमहरु, बीमा कम्पनीले गर्ने विभिन्न कार्यक्रमहरुका साथै नेपालको नियामक निकायले गर्ने कार्यक्रमहरुमा अभिकर्ताहरुको हक, अधिकार तथा आधुनिकताको लागि आफ्नो विचारहरु प्रस्तुत गर्न सक्नुहुनेछ । यसका साथै विभिन्न फोरमहरुमा, सञ्चार माध्यममा आफुले जानेका कुराहरुलाई बिचार मार्फत प्रस्तुत गर्न सक्नुहुनेछ । यसले तपाईंहरुको प्रोफाइल बढाउनमा मद्दत गर्नेछ । आम सञ्चारको माध्यमबाट आफ्नो ख्याती वृद्धि गराउन सक्नुहुनेछ जसको प्रत्यक्ष फाइदा तपाईंहरुको व्यवसायमा पर्नेछ ।

३. आफ्नो प्रस्पेक्टहरुलाई अध्यावधिक गराउने
यो फुर्सदको समयमा तपाईंहरुले आफूले तयार गरेको सम्भावित ग्राहकहरुको सूचिलाई अध्यावधिक गर्नुहोस् । तपाईंले बनाएको सूचि धेरै लामो वा ठूलो हुन सक्दछ । यसलाई यसरी निम्नक्रममा राखेर अध्यावधिक गर्नुभएमा कुन सम्भावित ग्राहकलाई कहिले सम्पर्क गर्र्ने भनेर कार्ययोजना बनाउन भोलिका दिनमा तपाईहरुलाई सजिलो हुन्छ ।

(क) आफ्नाे सम्भावित ग्राहकको सूचीमा सबैभन्दा पहिला तपाईंकाे कुरा मान्ने एवं तपाईंलाई आँखा चिम्लेर विश्वास गर्ने साथीभाईहरुलाई राख्नुहोस् ।
(ख) आफ्नो छिमेकी हो वा नजिकको साथी हो भन्दैमा तपाईंको कुरा नखाने तपाईंले भनेको कुरामा उल्टै तपाईंहरुलाई जिस्काउने साथीहरुलाई कहिले पनि सूचिको अग्रभागमा नराख्नुहोस् ।
(ग) जिल्ला वा शहरको आधारमा आफ्ना ग्राहकको सूचीलाई वर्गीकरण गर्नुहोस् ।
(घ) आफूलाई विश्वास गर्नेको सूची उतार गरेपछि बाँकी रहेको आफ्नो परिवार, छरछिमेकी, सँगै पढ्ने वा काम गर्ने साथीहरु तथा अन्य श्रोतबाट उपलब्ध सम्भावित ग्राहकको सूचीबाट आफूले राखेको कुरालाई मान्न सक्ने वा केही हदसम्म कन्भिस गर्न सकिने सम्भावितहरु ग्राहकहरुको अर्को सूची तयार गर्ने ।
(ङ) यस बाहेक आफूले भनेको कुरालाई सुन्न तयार हुने र २/४ पटक धाएर भएपनि पोलिसि आउन सक्ने सम्भावित ग्राहकहरुको अर्को सूची तयार गर्ने ।
(च) यसबाहेकका बाँकी सबैलाई अन्यको सूचीमा सूचीकरण गर्ने ।

यसरी विभिन्न तरिकबाट संकलन गरेको सम्भावित ग्राहकहरुको सूचीलाई विभिन्न तरिकाबाट वर्गीकरण गर्दै अब यो लकडाउन सकिएपछि सर्वप्रथम कसलाई गएर बीमा बुझाउने हो सो अुनसारको तयारी थाल्नुहोस् ।

यसरी आफ्नो सम्भावित ग्राहकहरुको सूचीलाई वर्गीकरण गरी सकेपछि त्यो सूचीलाई एक्सेलमा राख्नुहोस् । यदि तपाईंहरु कम्प्युटरमा अभ्यस्त हुनुहुन्न भने घरमा कोही न कोही अहिले कम्प्युटर ल्यापटप चलाउन अभ्यस्त हुनुहुन्छ होला । उहाँहरुको सहायता लिएर भएपनि आफ्नो सूचीलाई डिजिटाइज गर्नुहोस् । यसो गर्नुभएको खण्डमा तपाईं डायरी हराएमा, चोरी भएमा पनि तपाईंको तथ्यांक तपाईंको कम्प्युटरमा सुरिक्षत रहन्छ र चाहेको बखतमा यसलाई सजिलै परिमार्जन गर्न सक्नुहुनेछ ।

४. आफूलाई प्रविधि मैत्री बनाउने ।
आजको दिनमा सबै बीमा कम्पनीहरुले आफ्नो कम्पनीहरुको प्रिमियम गणना गर्ने मोबाइल एप तथा आफ्नो ग्राहक तथाा व्यवसाय एवं कम्पनीले जारी गरेको स्किमको हेर्न मिल्ने गरी मोबाइल एप तयार गरी सञ्चालनमा ल्याएकाछन् । यो फुर्सदको समयमा आफ्नो कम्पनीले सञ्चालनमा ल्याएको एप मोबाइलबाट वा वेवसाइट ल्यापटपबाट चलाउन सिक्नुहोस् । यसरी प्रविधि चलाउन जान्नु भएमा आवश्यक परेको ठाउँमा तुरुन्त आफ्ना सम्भावित ग्राहकहरुलाई उहाँहरुको बीमाको लागि के कति प्रिमियम लाग्ने हो भन्न सकिन्छ र तुरुन्त डिल क्लोज गराउन सकिन्छ । प्रविधिमैत्री नभएमा उहाँहरुको प्रिमियम गणनाको लागि तपाईंहरुले अरु कसैलाई नै सोध्नुपर्ने हुन्छ । भन्दिने मानिस तपाईंले भनेको बेलामा जवाफ दिन सक्ने अवस्थामा नभएमा तपाईंको ग्राहकलाई तपाईंप्रति तथा तपाईंको ज्ञानप्रति विश्वास कम हुन सक्दछ र हात आइसकेको पोलिसि पनि फुत्किन सक्दछ । तसर्थ यो लकडाउन सक्किन्जेलसम्म तपाईंहरुले आफ्नो कम्पनीले सञ्चालन गरेको मोबाइल एप तथा बेबसाइट चलाउनलाई जान्ने हुनुहोस् ।

५. आफ्नो बीमा कम्पनीबारे धेरै भन्दा धेरै जानकारी जुटाउने
तपाईंहरुले बीमको क्षेत्रमा काम गरेको निकै लामो समय भइसकेको हुन सक्दछ । अथवा तपाईं हालसालै याे व्यवसायमा प्रवेश गरेकाे हुनसक्नुहुन्छ । यसबीचमा तपाईंहरुलाई ग्राहकहरुले विभिन्न प्रश्नहरु सोध्ने गरेको हुनसक्दछ । कतिपय अवस्थामा तपाईंले “म बुझेर मात्रै भन्न सक्छु है” भनेर फर्किनु परेको पनि हुन सक्दछ । तसर्थ यो फुर्सदको समयमा आफूलाई आफ्ना ग्राहकहरुले सोध्न सक्ने सम्भावित प्रश्नहरुको सूची तयार गरी ती पश्नावलीहरुको उत्तर पनि तयार गर्नुहोस् । तपाईंले काम गर्नुहुने कम्पनीको सञ्चालक समिति, व्यवस्थापन समिति, तपाईंको कम्पनीको पूँजी संरचना, यसका शाखा सञ्जाल, उपलब्ध रहेका बीमा योजनाहरु, ती योजनामा जोडिने पुरक बीमाहरु, मूल बीमा तथा पूरक बीमाको लागि बीमा पोलिसिमा उल्लेख गरिएका दाबीभुक्तानी शर्तहरु, बोनस दर, ऋण लिन तथा बीमा योजना फिर्ता अर्थात सरेन्डर गर्दाका शर्तहरु, समयमा प्रिमियम भुक्तानी गर्न नसक्दाको अवस्थामा कम्पनीले गरेको व्यवस्थाहरु, ऋण लिएको अवस्थामा ब्याज भुक्तान गर्ने समयावधि, कम्पनीको वित्तिय विवरण, जगेडाकोषको अवस्था, बीमा कोषमा सञ्चित रकमको अवस्था लगायतका विषयहरुमा आवश्यक जानकारीहरु संग्रह गरेर राख्नुहोस र समयानुकूल अद्यावधिक गर्दै जानुहोस् । यस्ता जानकारीहरु भएको खण्डमा तपाईंले आफ्ना ग्राहकहरुलाई सजिलै आफ्नो कम्पनीको बारेमा तथा आफूले बिक्री गर्न लागेको बीमा योजनामा आश्वस्त पारी डिल क्लोज गर्न सक्नुहुनेछ ।

यसरी यो लकडाउनको फुर्सदको समयलाई तपाईंहरुले आफ्नो ज्ञान, सीप तथा क्षमता अभिवृद्धिको कार्यमा लगाई सदुपयोग गर्न सक्नुहुन्छ । यसरी सदुपयोग गर्नुभएको खण्डमा लकडाउनकै अवधिमा तथा लकडाउन सक्किएपछि तपाईंले आफ्नो व्यवसायलाई लकडाउन भन्दा पहिलेको अवस्थाबाट थप सफलतापूर्वक अगाडि बढाउन सक्नुहुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS