IME Life

कोरोनाको अहिलेको अवस्थालाई जित्न सबैको सहयोग आवश्यक

SPIL
NIC ASIA

२०७६ साल माघ १० गते नेपालमा कोरोना भाइरस भित्रिएको औपचारिक पुष्टिको भएको थियो । चीनबाट फर्किएका एक युवामा कोरोना भाइरस देखिएको थियो भने उनलाई अहिले पुरै निको भैसकेको अवस्था छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ९ पुगेको छ। बाग्लुङ्गमा २ जनामा संक्रमण देखिएको छ, कैलालीमा ३ जनामा संक्रमण देखिएको छ, काठमान्डौमा ३ जनामा संक्रमण देखिएको छ भने कंचनपुरमा १ जनामा संक्रमण देखिको छ । ८ जना विदेशबाट आएका हुन् भने १ जनामा नेपाल भित्रबाट नै कोरोना संक्रमण देखिएको छ। जसलाई कोरोना संक्रमणको दोश्रो स्टेज भनिन्छ। नेपालमा पनि कोरोनाको संक्रमण बढ्ने डरले लकडाउन गरिएको छ। हाल लकडाउनलाई बैशाख ३ गते मध्यरातसम्म पुर्याईएको छ।

Prabhu
Crest

लकडाउन पूर्ण रुपमा सफल हुँदैन जब सम्म सरकारले आक्रामक रुपमा भाइरसको परिक्षण बढाउँदै जादैन । त्यसैले सरकारले सकेसम्म धेरै परिक्षणर गर्दै जानु पर्छ। जिल्ला जिल्लामा कोरोना भाइरसको परिक्षण हुने व्यवस्था मिलाउनु पर्छ। 

जबसम्म सिमा पूर्णरुपमा लक गरिदैन तब सम्म देशमा कोरोनाको संक्रमण बढ्ने सम्भावना धेरै नै रहन्छ । अहिलेपनि मुख्य नाकालाई छोड्ने हो भने अरु धेरै ठाउँबाट नेपाल प्रवेश गर्न सकिने सम्भावना छ । हामीलाई थाहा नै छ भारतमा कोरोना संक्रमणको संख्या दिन प्रतिदिन वृद्धि हुँदै छ। सीमा क्षेत्रलाई पूर्ण रुपमा लक गर्न सकिएन भने नेपालमा जुन सुकै बेला सजिलै कोरोना संक्रमण फैलिन सक्छ। त्यसैले सरकारले साना ठूला सबै नाकामा विशेष ध्यान दिनु पर्ने छ। स्थानीय निकायको सहकार्यमा कोही छिमेकी देशबाट आएको छ की छैन पत्तो लगाउने काम गर्नु पर्छ। सिमा क्षेत्रमा लकडाउन अबधीभर कर्फ्यु लगाउनु पर्छ। सिमा क्षेत्रमा अलि धेरै नै सुरक्षा बल तैनाथ गर्नु पर्ने देखिन्छ। संसारबाट कोरोना पूर्ण रुपमा उन्मुलन नभएसम्म एयरपोर्ट र सिमा नाक खोल्ने गल्ती नेपाल सरकारले गर्नु हुँदैन ।

राज्यले लकडाउनको अवधिमा जनतालाई विभिन्न राहातका प्याकेज ल्याउनु पर्छ । केही नागरिहरु दिन भर काम गरेर विहान र बेलुकाको खाना खाने गर्छन ! अहिलको लकडाउनले उनीहरुलाई धेरै असर परेको छ। लकडाउन अझै लम्भिने सम्भावन छ। जति लकडाउनको समय थपिदैं जान्छ त्यो समुहलाई झन् झन् गाह्रो पर्छ। त्यसैले राज्यले उनीहरुलाई खाने कुराको मात्र भएपनि व्यवस्था गर्नु पर्छ।

गरिवहरुलाई अहिले केही समुहले राहत दिंदै गर्दा गरिवीको मजाक बनाइएको छ। एक किल्लो चामल दिँदा पनि पूजा गरे जस्तै ६-७ को समुहमा बसेर एकले अर्काको हात समातेर राहत दिएको फोटो खिच्ने र सामाजिक संजालमा हाल्ने प्रवित्ति निकै बढ्दो छ ! गरिवलाई राहत दिएको यस्ता धेरै फोटो सामाजिक संजालमा भाइरल भएका छन् , राहत दिनेलाई लाज लाग्नु पर्ने हो गरिवको त्यो फोटोको मजाक बनाउँदा। राज्यले राहत दिएको फोटो सामाजिक संजालमा हाल्न बन्देज लगाउनु पर्ने अवस्था देखिन्छ।

सरकार पनि यो अवस्थामा अलिकता सिरियस हुनु पर्ने देखियो । यस्तो अवस्थामा देश बचाउनुको साटो राज्यले गरेका केही निर्णयले सरकार नै नभएको अनुभुती  गराएको छ । औसधी किन्दा भ्रष्टाचार भएको समाचार आउँछ, जनताले यो दिन हेर्न भोट दिएका दिएका हुन् र ?

सरकारले व्यापारीलाई लक्षित केही राहतको प्याकेज ल्याउनु पर्ने देखिन्छ। अहिलेको लकडाउनले धेरै व्यापार व्यवसाय डामाडोल भएको छ । अहिलेको अवस्थामा कर्जाको व्याजमा केही छुट दिनु पर्ने हुन्छ । कोरोनाको असरले व्यापार व्यवसाय डुब्नबाट राज्यले बचाउनु पर्छ।

जसरी युद्ध जित्न सेनालाई बलियो बनाउनु पर्छ त्यसरी नै कोरोना विरुद्धको लडाईमा राज्यले स्वास्थाकर्मीलाई विशेष प्रोत्साहनको प्याकेज ल्याउनु पर्छ।

अब कोरोना विरुद्धको यो अभियानमा सबै जना लाग्नु पर्ने देखिन्छ । सबै जनाले आफ्नो आफ्नो ठाउँमा बसेर सहयोग गर्नु पर्ने देखिन्छ। कोरोनालाई जित्ने उपाय भनेकै सामाजिक दुरी कायम गर्नु हो । सबै जना आफ्नो आफ्नो घरमा बसी अति आवश्यक काम बाहेक घर बाहिर जानु भएन । कोरोना भाइरस विरुद्धको अभियानमा सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गरौ।

विश्वका शक्तिशाली राज्यहरुले त कोरोना विरुद्ध लड्न सकिरहेको अवस्था छैन्न भने हाम्रो देशमा कोरोना संक्रमण फैलिन नदिन राज्य देखि जनता सबै जना निकै  सजक बन्नु पर्ने देखिन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS