दुई दिन उपत्यका बाहिर जान दिने सरकारको निर्णय

काठमाडौं । भोलि र पर्सि उपत्यका मानिसहरुलाई बाहिर जान दिइने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई उपत्यकाबाट बाहिर जान दिने निर्णय गरेको हो ।

लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेका छन् । उपत्यकामा काम गर्ने मजदुर, विद्यार्थीहरु गाउँ फर्किन चाहेका तर लकडाउनका कारण रोकिएकाहरुका लागि सरकारले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार