कोरोना रोकथाम तथा नियन्त्रण कोषमा भाटभटेनीद्धारा २५ लाख रुपैयाँ सहयोग

चितवन । भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोरले कोरोना रोकथाम तथा नियन्त्रण कोषका लागि बागमती प्रदेशलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ । बिहीवार बागमती प्रदेशको हेटौंडास्थित मुख्यमन्त्रीको कार्यालयमा भाटभटेनी सुपरमार्केट, चितवनकी प्रबन्धक जमुना गुरुङले प्रदेशका मुख्यमन्त्री डोरमणि पोख्रेललाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेकी हुन् ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरिएको सुपरमार्केटका सञ्चालक विनोद भट्टराईले जानकारी दिए । सातओटै प्रदेशमा कम्पनीले २५ लाखका दरले सहयोग गरेको उनले बताए । यसअघि कम्पनीले संघीय सरकारको कोरोना उपचार कोषमा १ करोड सहयोग गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार