IME Life

प्रहरी अधिकृतको तवल कट्टा गरेर कोराना उपचार कोषमा जम्मा गर्ने हेडक्वाटरको निर्णय

SPIL
NIC ASIA

काठमाडौं । विश्वभर कोरोना भाइरसका महामारी फैलिएछि त्यसलाई रोक्न नेपाल सरकार पनि सक्रिय रुपमा लागि परेको छ । यसै सन्दर्भमा प्रहरी प्रधान कार्यालय, नक्सालले नेपाल प्रहरीमा कार्यरत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको तीनदेखि सात दिनसम्मको तलब कट्टा गरी कोरोना उपचार कोषमा जम्मा गर्ने भएको छ ।

नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल प्रहरीमा कार्यरत सबै कर्मचारीले आफ्नो तलबबाट कट्टा गरी रकम जम्मा गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय, आर्थिक महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाद्वारा हस्ताक्षरित पत्रमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कोषमा जम्मा गर्न भनिएको छ ।

Prabhu
Crest

पत्रमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी नायब निरीक्षक (सई) ले तीन दिन, प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी) ले ५ दिन, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी नायब महानिरीक्षक (डीआईजी), प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी महानिरीक्षक (आईजी) ले ७ दिनको तलब कट्टी गरी कोषमा दाखिला गर्न भनिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS