IME Life

नेपाललाई साढे तीन अर्ब आपतकालिन सहयोग गर्ने विश्व बैंकको निर्णय

SPIL
NIC ASIA

काठमाडौं । विश्व बैंकले नेपाललाई करिब साढे तीन अर्ब रुपैयाँ आपत्कालीन सहयोग प्रदान गरेको छ। विश्व बैंकले नेपाललाई २ करोड ९० लाख अमेरिकी डलर सहयोग गरेको हो । यो सहुलियत ऋण सहयोग अन्तर्गत उपलब्ध गराएको जनाइएको छ ।

कोभिड–१९ आपत्कालीन सम्बोधन तथा स्वास्थ्य प्रणाली परियोजनालागि प्रदान गरिएको उक्त सहयोग नेपालमा कोरोना भाइरस रोकथाम, पहिचान तथा निदानका लागि स्वास्थ्यसामग्री तथा प्रयोगशाला स्तरोन्नति लगायतमा खर्च गरिने समेत विश्व बैंकले जनाइएको छ ।

Prabhu
Crest

सहयोग सम्बन्धि सम्झौतामा अर्थ सचिव शिशिर कुमार ढुंगाना र विश्व बैंकका राष्ट्रिय व्यवस्थापक फारिस एच. हदाद जर्भोसले हस्ताक्षर गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको नियम तथा विश्व स्वास्थ्य संगठनको कार्यविधिमा आधारित रहेर संक्रमितहरुको पहिचान र सम्पर्क पहिल्याउन आपत्कालीन सहायता प्रदान गर्ने विश्व बैंकले उल्लेख गरेको छ। विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघको द्रुत सहायता सुविधा प्याकेज अन्तर्गत यो सहयोग प्राप्त गरेको विश्व बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS