IME Life

नेपाल पुनर्बीमा कम्पनीको आईपिओ बाँडफाँड सम्पन्न, तीन लाख ९० हजारले मात्रै पाए शेयर

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आईपिओ बाँडफाँड सम्पन्न भएको छ । नेपालको पुँजि बजारको इतिहासमा पहिलो पटक एक अर्ब ६० करोडको आईपिओ निष्काशन गरेको पुनर्बीमाको आईपिओ आज विहान बाँडफाँड सम्पन्न भएको हो । तीन लाख ९० हजार ६३८ जनाले आवेदकले शेयर पाएका छन् ।

सिंगो देश लकडाउनका बीच पुनर्बीमा कम्पनीले जारी गरेको आईपिओको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले टेकुस्थित केन्द्रीय कार्यालयमा शेयर बाँडफाँड गरेको हो । न्यूनतम ४० कित्ता वा सो भन्दा कम भरेका सबैले शेयर पाएका छन् । ५० कित्ता भन्दा बढि भरेकाहरु मध्ये ७७ हजार २४५ जनाले थप १० कित्ता सहित ५० कित्ता शेयर पाएका छन् ।

Prabhu
Crest

आरबीबी मर्चेन्ट बैंकिङका अनुसार सो आईपिओमा २७ हजार ७ सय ४८ जनाले १० कित्ता शेयरको लागि आवेदन दिएका थिए । उनीहरुले १० कित्ता नै शेयर पाएका छन् । १५ हजार ५ सय ९० जनाले २० कित्ता नै शेयरका लागि आवेदन भरेकोमा सबैको शेयर पाएका छन् । त्यस्तै, १२ हजार ७ सय २३ जनाले ३० कित्ता नै शेयरका लागि आवेदन भरेका थिए । ति आवेदकलाई समेत पुरै रकमको शेयर दिइएको छ । त्यस्तै, ४० कित्ता मात्रैका लागि आवेदन दिएका २० हजार ९ सय २९ जनाले पुरैको शेयर पाएका छन् । ५० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिनेमध्ये गोलाप्रथा मार्फत ७७ हजार २ सय ४५ जनाले थप १० कित्ता शेयर पाएका छन् ।

आईपिओको काम सम्पन्न भए लगत्तै नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजि १० अर्ब पुगेको छ ।

कूल तीन लाख ९१ हजार ६२६ जनाले आवेदन दिएकोमा ९८८ जनाको आवेदन रद्द गरिएको छ । शेयर नपरेका लगानीकर्ताको बैंकमा रोक्का रहेको रकम फुकुवा गर्ने तयारी सुरु हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS