IME Life

‘भेरिफिकेशन र सिडिएसको सिष्टम गडबढले पुनर्बीमाको आईपिओमा ढिलाई’, कहिले हुन्छ बाँडफाँड ?

SPIL
NIC ASIA

काठमाडौं । विभिन्न बाणिज्य बैंकहरुले भेरिफिकेशनमा गरेको ढिलाई तथा सिडिएसको सिष्टममा समस्या उत्पन्न भएका कारण नेपाल पुनर्बीमा कम्पनीले यही चैत्रको पहिलो साता जारी गरेको एक अर्ब ६० करोडको आईपिओ बाँडफाँडमा ढिलाई भएको छ । त्यसमाथि लकडाउन समेत थपिँदा बहुप्रतिक्षित आईपिओ बाँडफाँडमा ढिलाई भएको पुनर्बीमा कम्पनीले स्वीकार गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर कुमार रायमाझीले भने, जनताको पैसा होल्ड गर्ने पक्षमा हामी छैनौं, होल्ड गर्न पनि पाइदैन, विविध कारणले लक्ष्य अनुसार काम गर्न पाइएन । केही ढिलाई भयो ।’ सिईओ रायमाझीका अनुसार चैत्र १४ गते नै बाँडफाँड गर्ने तयारी गरिएको भएपनि बाणिज्य बैंकहरुले भेरिफिकेशनमा ढिलाई गरेकाले थप समय लागेको हो । त्यसैगरी सिडिएसको सिष्टममा आएको गडबढीका कारण पनि पुनर्बीमाको आईपिओमा ढिलाई हुनुको अर्को कारण हो ।

Prabhu
Crest

नेपाल पुनर्बीमा कम्पनीका सिईओ रायमाझीले आगामी शुक्रबारसम्ममा शेयर बाँडफाँड गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इन्स्योरेन्स खवरसँग भने, ‘अवस्था यस्तो छ सबैलाई थाहा छ, तरपनि हामी सबै शक्ति लगाएर आगामी शुक्रबारसम्ममा आईपिओ बाँडफाँड गर्न प्रयासरत छौं ।’ रायमाझीका अनुसार त्यसअघि नै काम सकिएमा अझै चाँडो हुनसक्ने समेत जानकारी दिए । नेपाल पुनर्बीमा कम्पनीले पास समेत नपाएको गुनासो गरेको छ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, सिडिएस र नेपाल पुनर्बीमा कम्पनी तीन वटा निकाय संस्था बसेर मात्रै फाईनल गर्न सकिने हुँदा लकडाउनका बीचमा पुनर्बीमा कम्पनीको शेयर बाँडफाँडमा अप्ठेरो परेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS