IME Life

कोरोना महामारीले बीमा क्षेत्रमा पारेको प्रभावबारे बीमा समिति, जीवन बीमक संघ र नेपाल बीमक संघका अध्यक्षहरुको धारणा के छ ?

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा कोरोना भाइरसको सक्रमण फैलन सक्ने जोखिम उच्च भएको कारण २५ गते मध्यरातिसम्मको लागि तोकिएको लकडाउन थप गर्ने सम्भावना प्रवल छ ।
यस्तो अवस्थमा बीमा कम्पनीहरु संचालनमा ल्याउन सम्भव छैन । त्यसैले बीमा कम्पनीहरुले बीमितहरुलाई अनलाइन तथा विधुतीय माध्यमबाट सुविधा प्रदान गर्दै आइरहेका छन् । बीमा समितिले कम्पनीमा आवद्ध अभिकर्ता, सर्भेयरको लाइसेन्स नविकरणको अवधि थप गरेको छ भने बीमितहरुलाई बैशाख महिनाको विलम्ब रकम समेत छुटको व्यवस्था गरेको छ ।

कोरोना भाइरसले बीमा क्षेत्रमा कस्तो असर पार्छ त भन्ने बिषयमा इन्स्योरेन्स खवरकी संवाददाता रिना खत्रीले बीमा कम्पनीको नियामक निकाय बीमा समिति, जीवन बीमक  संघ र नेपाल बीमक संघका अध्यक्षहरुसँग कुराकानी गरी तयार पारेको एक रिपोर्टः

Prabhu
Crest

सोचेको जस्तो प्रिमियम भित्र्याउन सकिएन : बीमा समिति, अध्यक्ष, चिरञ्जीवी चापागाँई

बीमा क्षेत्रमा मात्र नभई विश्वव्यापी रुपमा आंतकित रुपमा फैलिरहेको कोरोना भाइरसको कारण सबै क्षेत्रमा यसले असर गरिरहेको छ । यस्तो अवस्थामा बीमा कम्पनीहरुलाई हामीले अनलाइनको माध्यमबाट बीमितहरुलाई सेवा प्रदान गर्न निर्देशन दिइसेकेका छौ । सो अनुरुप कामहरु पनि भइरहेका छन् ।

बीमा कम्पनीहरुको हकमा हेर्ने हो भने चैत महिनामा नयाँ पोलिसी थोरै मात्रै जारी नभएको कारणले प्रथम बीमाशुल्क आर्जन प्रभावित भएको अवस्था रहेको छ ।त्यसैले, हामीले सोचेको जस्तो प्रिमियम रकम भित्रयाउन नसक्ने अवस्था छ । फागुन मसान्तसम्ममा हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुमार्फत ६० अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क संकलन भइसकेको छ । त्यस्तै २० वटा निर्जिवन बीमा कम्पनीमार्फत १७ अर्ब ८८ करोड रुपैयाँ बीमाशुल्क संकलन भईसकेको छ ।

चैत मसान्तसम्ममा समितिको लक्ष्य अनुसार जीवन बीमा कम्पनीतर्फ ८५ अर्ब माथि रहेको थियो भने निर्जिवन बीमा कम्पनीमार्फत २५ अर्ब रुपैयाँ रहेको थियो । तर नयाँ बीमा पोलिसी बीमित समक्ष नपुगेको कारणले गर्दा यो सम्भव नहुने देखिन्छ । साथै बीमा कम्पनीहरुलाई पासको व्यवस्था गर्न सकिरहेका छैनौ । नियामक निकाय भएको नाताले पनि यसको सुविधा बीमा कम्पनीहरुलाई दिन पाइरहेको छैनौं ।

दुई चार दिनपछि बीमा समितिलाई नै पासमा समस्या आउने स्थिति सिर्जना हुन लागिसक्यो । ८० वटा पासको व्यवस्था गर्न पाएको भए प्रत्येक कम्पनीहरुलाई २ वटा पास वितरण गर्नुहुन्थ्यो । बैंकहरुको नियमक निकाय राष्ट्र बैंकलाई पासको व्यवस्था भएपनि बीमा समितिलाई भने यस्को पहुँचमा राखिएको छैन, खै किन हो ? लकडाउन अझै लम्बिने स्थित देखिएको छ । त्यसैले पास जुटाउने तरखरमा लागि रहेका छौ ।

बीमा कम्पनीहरुलाई हामीले अनलाइनको माध्यमबाट बीमितहरुलाई सुविधा दिन आग्रह गरे अनुसार सबै बीमा कम्पनीहरुले प्रभावकारी रुपमा अनलाईनबाटै बीमा सेवा प्रवाह गरिरहेका छन् । मेरो विचारमा बीमितहरुले बीमा सुविधाबाट वञ्चित हुनपर्ने अवस्था रहेको छैन ।

बीमा क्षेत्रमा कस्तो असर पर्छ अहिले भन्न सक्ने अवस्था छैनः शिवानाथ पाण्डे, अध्यक्ष, जीवन बीमक संघ

कोरोनाको महामारीले देशको अर्थतन्त्रमा असर गरिरहेको बेलामा बीमा क्षेत्रमा असर पारिनै हाल्छ । अर्थतन्त्र एक पाटो हो बीमा पनि । लकडाउन अझै कति समय लम्बिने भन्ने एकिन छैन । विश्व नै अन्योलमा रहेको बेला यो विषयमा धारणा बनाउने बेला नै भएको छैन । अहिले नै एकिनका साथ बीमा क्षेत्रमा कती असर पर्ने सक्छ भनेर भन्न सकिने अवस्था छैन ।

बीमा समितिले अनलाइको माध्यमबाट बीमितिहरुलाई सेवा सुविधा प्रदान गर्न निर्देशन दिएको छ, हामीले पालना पनि गरेका छौं । तर, सबै क्षेत्रमा इन्टरनेटको पँहुच पुगेको छ वा छैन भन्ने बिषयमा पनि प्रश्न चिन्ह्र उठ्छ । इन्टरनेटको सेवा सुविधा नभएका बीमितहरु र यसको बिषयमा जानकारी नभएका बीमितहरु पनि त छन् होला हामीले यस बिषयलाई पनि त ध्यान दिनुपर्छ जस्तो छ ।

अनलाइनमार्फत बीमा दाबी गरेपनि कार्यालयमा त हामी पुग्नुनै पर्छ । त्यसैले लकडाउन अवधि पश्चात् मात्र यो सबै कार्य सम्भव हुने देख्छु ।
चैत महिनामा बीमा कम्पनीहरुको प्रिमियम रकम उठ्ने देखिदैन । लकडाउन अघि १० दिनको मात्र कारोबार भएको छ । त्यसैले नविकरण बीमाशुल्क पनि अनलाइनमा केही बीमितहरुले मात्र भुक्तानी गर्न सक्ने अवस्था छ । नयाँ पोलिसी बिक्रि गर्न बीमा अभिकर्ता बीमीतको घरदैलोमा पुग्नुपर्ने भएको कारणले गर्दा यस्तो अवस्थामा नयाँ पोलिसी सेल गर्न सक्ने अवस्था पनि छैन । बीमा दावीको लागि पनि अन्डरराइटिङको प्रकृया अघि बढाउनुपर्ने भएको कारण लकडाउन पश्चात् मात्र बीमा क्षेत्र पूर्ण काय शैलीमा फर्किन्छ ।

बीमितको सुविधामा कमी आउन दिएका छैनौं : दीप प्रकाश पाण्डे, अध्यक्ष, नेपाल बीमक संघ

कोरोनाको कारणले देशको समग्र अर्थतन्त्रलाई नै असर पारेको छ । यसले जसरी अर्थतन्त्रमा असर पारेको छ, त्यसरी नै बीमा क्षेत्रमा पनि असर पारेको छ । तर, कति असर गर्छ भन्ने बिषयमा त अहिले नै एकिनका साथ भन्न सक्ने अवस्था छैन ।

लकडाउनको अवधिभर पनि हामीले बीमितको सुविधामा कमी हुन दिएका छैनौ । अनलाइनमार्फत आएका दावीहरु भुक्तानीको काम गरिरहेका छौ । कम्पनीको तर्फबाट सर्भेयरहरुले आफ्नो तर्फबाट काम गरिरहेका नै छन् । बीमितहरुलाई नयाँ पोलिसी पनि सेल गरिरहेकौ छौं । बरु, पासकोे कारणले गर्दा केही समस्या देखिएको छ । सुरुमा पर्सनल रिलेशनशिपको आधारमा पास पाएका थियौं । त्यो अवस्था निरन्तर नहुँने हुदा बीमा समितिले यस बिषयमा केही गर्छु भन्ने धारणा दिएको छ ।
यस्तो अवस्थामा पनि हामीले बीमितहरुको सेवा सुविधामा आँच नओस् भन्ने हेतुले हामीले अनलाइनमार्फत आउने बीमितहरुको समस्याहरु पनि सम्बोधन गरिरहेको छौं । साथै सेवा सुविधामा पनि कमी आउन दिएका छैनौं  । त्यस्तै चैत महिनाको बीमाशुल्क रकम भने सोचेको अनुसार नआउने स्पष्ट रुपमा देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS