IME Life

अमेरिकामा रोजगारीको अवस्थामा भयावह, दुई हप्तामा ६६ लाख ४८ हजार बेरोजगार

SPIL
NIC ASIA

काठमाडौं । कोरोना भाइरसको महामारीको चपेटामा परेको अमेरिका चारैतिरबाट अप्ठेरोमा फस्दै गएकोे छ । विश्वको सबैभन्दा धेरै कोरोना संक्रमित भएपछि तनामा परेको डोनाल्ड ट्रम्प प्रशासन यतिबेला बेरोजगारी बृद्धिको भयावह अर्को समस्याको पहाड थिचिन पुगेका छन् ।

Prabhu
Crest

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार अमेरिकामा मार्चको अन्तिम सातासम्म ६६ लाख ४८ हजार जनाले बेरोजगार भएको भन्दै सरकारी अनुदान माग गर्दै आवेदन भरेका छन् । तथ्याङ्क अनुसार अमेरिकामा यो साता बेरोजगारी दर १० प्रतिशतले बृद्धि भएको छ । अमेरिकामा तलबको हिसाव–किताव प्रत्येक हप्ता हुने गर्दछ । हरेक साता तलब बुझ्ने अमेरिकीहरु गत साता ठूलो संख्यामा बेरोजगार भएको भन्दै बेरोजगार भत्ता माग गरेका छन् । अमेरिकामा राज्य अनुसार बेरोजगार फरक फरक भएपनि सामान्यतया प्रतिहप्ता ४५० डलर बेरोजगार भत्ता पाइन्छ ।

कोरोनाका महामारी सुरु हुनुअघि त्यस्तो संख्या जम्मा दुई लाख मात्रै भएकोमा अहिले ३००० प्रतिशतले बृद्धि भएर पौने करोड नजिक पुगेको हो । अघिल्लो साता ३३ लाख मानिसले बेरोजगार भएको भन्दै आवेदन दिएकोमा एक सातामै दोब्बर भएपछि अमेरिका आर्थिक रुपमा समेत नराम्रो दुर्घटनामा पर्न सक्ने सम्भावना देखिएको भन्दै चर्चा र बहस सुरु भएको छ ।

हाल आवेदन दिएकाहरुलाई अमेरिकी सरकारले प्रतिहप्ता तीन अर्ब डलर हारहारीमा बेरोजगार भत्ता भुक्तानी गर्नुपर्नेछ । हालको संख्यालाई मासिक १२ अर्ब डलर अर्थात नेपाली रुपैयाँ झण्डै १५ खर्ब अर्थात नेपालको एक वर्षको बजेट बराबर रकम एक महिनामा बेरोजगारलाई वितरण गर्नुपर्नेछ ।

यो संख्या उल्लेख्य रुपमा बढ्ने चेतावनी विज्ञहरुले दिएका छन् । आगामी साता बेरोजगार भत्ता माग्नहरु डेढ करोडभन्दा बढि हुनसक्ने चेतावनी दिइएको समाचार एजेन्सीहरुले दिएका छन् । त्यस्तो अवस्थामा अमेरिकी सरकारले कसरी कोषको व्यवस्थापन गर्छ त्यो भने प्रतिक्षाकै विषय बन्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS