कोरोनाको संकटको बेला एनसेलले तिर्यो ४६० करोड पुँजिगत लाभकर

Citizen Life Insurance Co

काठमाडौं । एनसेलले पुँजीगत लाभकर बापत ठूला करदाता कार्यालयमा चार अर्ब ६० करोड रुपैयाँ बुझाएको छ। योसँगै एनसेलले अब नेपाल सरकारलाई १४ अर्ब ४० करोड रुपैयाँ रकम बुझाउन बाँकी छ ।

एनसेलको पुँजीगत लाभकरका विषयमा परेको मुद्दामा भदौ ९ गते फैसला गर्दै सर्वोच्च अदालतले २१ अर्ब १० करोड रुपैयाँ कर लाग्ने ठहर गरेको थियो । यसअनुसार ब्याजको हिसाब गर्दै ठूला करदाता कार्यालयले एनसेलमाथि २२ अर्ब ४४ करोड रुपैयाँ कर लाग्ने भन्दै पत्र पठाएको थियो ।

कर कार्यालयको पत्र पाएपछि एनसेलले गत पुस १५ गते पहिलो किस्ता मार्फत ४ अर्ब ५० करोड रुपैयाँ कर बुझाएको थियो। पहिलो किस्ता बुझाएपछि एनसेलले मंगलबार दोस्रो किस्ता मंगलबार (आज) बुझाएको हो । एनसेलले पहिलो र दोस्रो किस्ता गरी ९ अर्ब १० करोड रुपैयाँ कर बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार