IME Life

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

SPIL
NIC ASIA

काठमाडौं । बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ । कुरा नबुझी बीमा गर्दा विभिन्न झमेलाहरु बेहोर्नुपर्ने हुन्छ । बिमितले बीमा गर्न निम्न कुराहरुमा ध्यान दिनु अनिवार्य
हुन्छ ।

बीमा गर्दा यस्ता कुरामा ध्यान दिनपर्छ

Prabhu
Crest

के कति आवश्यकताले बीमा गर्न खेजिएको हो र बीमा गरेपछि उक्त उद्देश्य पूरा हुन्छ कि हुँदैन विश्लेषण गरी सो बारेमा प्रस्ट हुनुपर्दछ

बीमालेखमा इच्छाएको व्यक्तिको बारेमा प्रस्ट ढंगले उल्लेख गर्नुपर्दछ ।

बीमा गर्दा बीमाको विषयवस्तुसँग सम्बन्धित हुने तथ्यहरु लुकाउनु हुँदैन । यदि तथ्यहरु लुकाइएको छ भने बिमकले क्षतिपूर्ति प्रदान गर्दैन ।

बीमा गर्दा बीमा शुल्क तिर्न सकिन्छ कि सकिदैन सो बारेमा पनि धयान पु¥याउनु पर्दछ ।

बीमा गरिसेकपछि बीमालेखमा उल्लिखित सम्पूर्ण विवरण, सर्त, सुविधा र अन्य प्रावधानहरु होसियारीपूर्वक पढ्नुपर्दछ । यदि आफूले चाहे बमोजि भएको रहेनछ भने सम्बन्धित बीमकलाई सम्पर्क राख्नुपर्दछ ।

बीमा शुल्क बुझाउँदा, प्रस्ताव फर्म भर्दा सहयोग लिइने व्यक्ति ९बीमा अभिकर्ता० बीम समितिबाट आधिकारिक रुपमा इजाजत पाएको हो होइन सो हेरेर मात्र निजलाई विश्वास गर्नुपर्दछ ।

बीमा गरिएको व्यहोरा घरमा पारिवारिक सदस्यलाई जानकारी गराउनुपर्दछ । कम्तीमा इच्छाइएको व्यक्तिलाई जानकारी गराउनुपर्दछ ।

बीमालेख नवीकरण मिति ख्याल गरी यथासमयमा नवीकरण बीमशुलक भुक्तानी गर्नुपर्दछ ।
बीमा सम्बन्धी सम्पूर्ण कागजातहरु जस्तै बीमालेख, नगद बुझाएको रसिद आदि एउटै फाइलमा फाइलिङ गरी घरजग्गाको लालपूर्जा जस्तै सुरक्षित राख्नुपर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS