IME Life

बीमा शुल्क संकलन चैत्र मसान्तसम्म स्थगित, अनलाईनबाटै बीमितको काम गर्नुपर्ने, बीमा समितिले जारी गर्यो नयाँ निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । कोरोना भाइरसको माहामारीको कारण सिंगो देश लकडाउन भएको सन्दर्भमा बीमा समितिले आज एक निर्देशन जारी गरी सबै बीमा कम्पनीहरुलाई डिजिटल कार्यालयमार्फत बीमा कारोबार सञ्चालन गर्न निर्देशन दिएको छ । अर्थ मन्त्रालयको निर्देशनपछि बीमा समितिले जारी गरेको निर्देशनमा जीवन बीमा शुल्क संकलन गर्ने कार्य स्थगित गर्न भनिएको छ । साथै परिस्थिति सामान्य भएपछि बिना ब्याज बीमा शुल्क संकलन गर्ने कार्य मिलाउन निर्देशन दिएको छ ।

त्यसैगरी, निर्जिवन बीमा कम्पनीहरुको हकमा इमेलमार्फत बीमा नविकरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । त्यस्तै, बीमा अभिकर्ता र सर्भेयरको लाईसेन्स नविकरण चैत्र मसान्तभित्र नविल बैंकको खातामा रकम जम्मा गरी नविकरण गराउँदा जरिवना नलाग्ने व्यवस्था गरिएको छ ।

Prabhu
Crest

त्यस्तै, बीमा समितिले बीमा कम्पनीहरुलाई अनलाईनबाटै दावी भुक्तानीको निवेदन लिने व्यवस्था गर्न निर्देशन दिएको छ । साथै अनलाईनबाटै यथेष्ट प्रमाण मागी आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ । त्यस्तै जीवनको अवधी पूरा भएका बीमितको हकमा त्यस्तो रकम बीमितको खातामा जम्मा गरिदने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ ।

बीमा समितिको आज बसेको बैठकपछि कार्यकारी निर्देशक राजुरमण पौडेलद्वारा जारी निर्देशनमा बीमितहरुको हिकका लागि न्यूनतम सेवा प्रवाह गर्न तथा त्यस्ता सेवाहरु सार्वजनिक सञ्चार माध्यमबाट प्रकाशन प्रशारण गर्न समेत निर्देशन दिइएका छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS