IME Life

बीमा समितिद्वारा बीमाङ्कीय मूल्याङ्कन निर्देशिका जारी, चार महिनामा प्रतिवेदन, सोल्भेन्सी मार्जिन रेसियो १.५

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले निर्जीवन तथा पुनर्बीमा बीमा कम्पनीका लागि बीमांकीय मुल्यांकन सम्बन्धी निर्देशिका जारी गरेको छ । यही चैत्र छ गतेको मितिमा बीमा समितिबाट स्वीकृत भएको निर्देशिका अनुसार आर्थिक बर्ष २०७६÷७७ देखि लागू हुनेछ । जसअनुसार बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बीमांकीय मूल्यांकन गर्दा यसै निर्देशिका अनुरुप गनुपर्नेछ ।
साथै बीमा समितिले नयाँ निर्देशीक मार्फत बीमांकीय मूल्यांकनको अवधि पनि घटाउको छ । बीमा समितिले जारी गरेको निर्देशीका अनुसार बीमकले प्रत्येक आर्थिक बर्ष सकिएको चार महिनामा नै बीमांकीय मुल्यांकन गरेर त्यसको प्रतिवेदन समितिमा बुझाउनुपर्ने छ ।

बीमा समितिले यही चैत्र ६ गते जारी गरेको नयाँ निर्देशिका अनुसार निर्जिवन तथा पुनर्बीमा कम्पनीले सोल्भेन्सी मार्जिन रेसियो सम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ । उक्त व्यवस्था अनुसार १.५ प्रतिशत रेसियो अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । सो सम्बन्धी बीमा समितिले मापदण्ड जारी गर्दै अनुसूचि अनुसारको व्यवस्था गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । सोल्भेन्सी मार्जिन रेसियो पालना नगर्ने कम्पनीलाई कारवाही गरिने बीमा समितिले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै निर्देशिका अनुसार आर्थिक वर्ष सकिएको चार महिनाभित्रमा बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बीमा समितिमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ । यस अघि बीमांकीय मूल्यांकन गर्ने अवधी १० महिनाको थियो । उक्त व्यवस्था अनुसार बीमकको सम्पत्तिको गणनाको मापदण्ड समेत जारी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS