IME Life

शेयर बजार सम्बन्धी बलिउड चलचित्र “बाजार”बाट हामीले के पाठ सिक्ने ?

SPIL
NIC ASIA

शेयर बजारकै कहानीमा बनेका केही थोरै मात्र चलचित्रहरु छन्। ती चलचित्र मध्य बलिउडमा बनेको एउटा चलचित्र हो “बाजार”। “बाजार” शेयर बजारमा हुने गरेका गैरकानुनी क्रियाकलापहरुको बारेमा वर्णन गरेर बनेको चलचित्र हो। आफ्नो विवेक प्रयोग नगरेर ठूला शेयरधनीको मात्र पछि लाग्दा ठूला लगानीकर्ताले फसाउन सक्ने र आफ्नो काम पुरा भए पछि उनीहरुले साथ छोडछन् जस्ता कुरालाई मिश्रण गर्दै फ्लिम तयार भएको छ ।

कथा यस प्रकार छ :
इलाहाबाद विश्वविधालयमा अध्ययन गरेका साना स्टक व्यापारी रिजवान अहमद ठुलो सपना देखेर मुम्बई पुग्छन् । इलाहाबादबाट ठूलो लक्ष्य देखेर मुम्बई पुगेका रिजवानको आदर्श लगानीकर्ताको रुपमा गुजराती ठुला शेयर खेलाडी शकुन कोठारी (सैफ अली खान) हुन्छन् ।  शकुन कोठारीसँग काम गर्ने उनको ठुलो रहर हुन्छ। तर शकुन कोठारी निकै ठुला र प्रशिद्ध लगानीकर्ता हुन् । काम गर्न त धेरै परको कुरा उनीसँग ५ मिनेट समय लिएर भेट्न पनि ठुलो सफलताको कुरा हो । रिजवान अहमदले शकुन कोठारीलाई आफ्नो हिरो/आईडल  ठानेका हुन्छन्।

Prabhu
Crest

सुरुमा रिजवान शहरकै ठुलो शेयर कारोवार गर्ने ट्रेडिंग कम्पनीमा आवद्ध हुने निर्णय गर्छन् । कम्पनीमा उसले प्रिया रायको सहयोगमा आफ्नो करियर सुरु गर्दछ। प्रियासँग कुनै कार्यक्रममा जाँदा रिजवानको भेट शकुन कोठारी सँग हुन्छ।  शकुन कोठारी अर्का ठुला शेयर खेलाडीसँग गफ गर्दै थिए , उनीहरु एउटा शेयरको मूल्य रु ७०० रुपैयाँ पुग्छ किन्नु पर्यो भन्दै गफ गर्दै थिए। दुई ठुला शेयर खेलाडीको गफको विच्चमानै उनीहरुको गफ काट्दै रिजवानले त्यो शयर नकिन्नु र त्यसको मूल्य घट्छ भनेर अभिव्यक्ति दिन्छ। यो कुराले शकुन कोठारीको ध्यान केन्द्रित गर्दछ ।

अर्को दिन रिजवानले भने जस्तै बजार बन्द हुँदा त्यो शेयरले राम्रो गर्न सकेन। यसबाट शकुन कोठारी रिजवानसँग खुशी हुन्छ र अर्को दिन रिजवानको कम्पनीलाई १ अर्ब रुपैयाँ व्यवस्थापन गर्न दिन्छन् ।

त्यसपछि रिजवानले त्यो पैसा शेयरमा लगानी गदर्छ तर उसलाई त्यसमा नोक्सानी हुन्छ। त्यसपछी प्रियाले एउटा कम्पनी मर्ज हुँदै छ भनेर रिजवानलाई भित्री सूचना (इन्साइडर) सूचना दिन्छिन् । त्यसपछि अर्को दिन रिजवानले त्यो शेयर खरिद गरेर राम्रो मुनाफा गर्छ ।

राम्रो मुनाफा निकालेसँगै रिजवान अब कोठारी र उनकी श्रीमती मन्दिरासँग नजिक हुन्छ, अब कोठरीले रिजवानलाई आफ्नो व्यापरिक सहयात्री बनाउने निर्णय गर्दछ। सरकारले नयाँ प्रोजेक्टकोलागि टेलीकम्युनिकेशन कम्पनीहरूबाट बोलपत्र लिन सुरु गरिरहेको छ भनेर थाहा पाएपछि कोठारीले रिजवानलाई एउटा टेलीकम्युनिकेशन कम्पनीको २० प्रतिशत हिस्सा दिएर उनलाई त्यहाँको प्रमुख कार्यकारी अधिकृत बनाउँछ ।

कोठारी रिजवानलाई स्काईकम नाम गरेको कम्पनी किन्न पैसा दिन्छन् र रिजवान कम्पनीको मालिक बनाउँछन । रिजवान आफ्नो कम्पनीले लाईसन्स पाउने कुरामा ढुक्क हुन्छन र उनले सबैलाई स्काईकमको शेयर किन्ने सल्लाह दिन्छन् । उनले आफ्नो बहिनी ज्वाईलाई पनि आफुसँग भएको सम्पूर्ण पैसाले स्काईकम कम्पनीको शेयर किन्न सल्लाह दिन्छन्।

तर स्काईकमको बोलपत्र अस्वीकृत गरियो, तर कोठारीलाई भने सो कुरा पहिला नै थाहा हुन्छ र स्काईकमको सम्पूर्ण शेयरहरु बेचिदिन्छ। जसलाई पम्प एंड डम्प भानिन्छ। यसरी रिजवानलाई प्रयोग गरेर कोठारीले स्काईकमको शेयरलाई निकै माथिल्लो दिशामा पुर्याउछ र भित्री सूचना थाहा पाए पछि आफुले सम्पूर्ण शेयर बेचिदिन्छ। पछि लाईसेन्स नपाएपछि स्काईकमको शेयर मूल्य क्र्यास हुन्छ।

सेबी( भारतको शेयर बजारको नियामक निकाय )ले रिजवानलाई समाउँछ।  तर रिजवानले आफुले कुनै पनि प्रकारको इन्साइईडर ट्रेडिङ्ग नगरेको भएतापनि प्रमुख कार्यकारी अधिकृत भएको नाताले सेबीले सत्य पत्ता लगाउन वा रिजवानलाई नै कारवाही गर्ने आदेश दिन्छ।

पछि कोठारीको श्रीमतीको सहयोगमा रिजवानले पत्ता लगाए कि कोठारीले जानाजानी आफ्नै व्यक्तिगत नाफाका लागि रिजवानलाई प्रयोग गरेका रहेछन्। कोठारीको श्रीमतीको सहयोगमा रिजवानले यो प्रमाणित गर्छन् की कोठारीले सरकारी मन्त्रीहरुलाई हीराले घूस दिएर इन्साईडर गरेका रहेछन् । शकुन कोठारी पक्राउ पर्छन् । शकुन एक महिना पछि जमानतमा बाहिर आउँछ र खाली घर फर्कन्छ, उनकी श्रीमती र बच्चाहरू कोही हुँदैनन् ।

हामीले के सिक्ने ?
नेपाली शेयर बजारका केही परिवेश पनि यो चलचित्रसँग मिल्दो जुल्दो छ । नेपालमा पनि यस्ता थुप्रै भित्री कारोवारका घटना घटेका छन्।  कुनै कम्पनी भोली मर्जमा जाँदै छ भने, त्यसको प्रभाव आज नै परेको देखिन्छ वा भोली कुनै कम्पनीले आकर्षक लाभांश प्रस्ताव गर्दै छ भने, आज नै त्यो कम्पनीको शेयर मूल्यमा असर पर्ने जस्ता घटनाहरु हाम्रा लागि पनि सामान्य हुन्।

तर ,नेपालको शेयर बजार को नियामक निकाय धितोपत्र बोर्डले इन्साईडर ट्रेडिङ्गको आरोपमा कारवाही गरेको देखिएको छैन । शेयर बजारको सबै भन्दा ठुलो भाइरस भनेकै इन्साइडर ट्रेडिङ्ग हो । यसलाई रोक्न सके बजार निकै व्यवस्थित हुन्छ। त्यसैले नेपाली शेयर बजारको नियामक निकायले इन्साइडर ट्रेडिङ्ग विरुद्ध आक्रामक रुपमा अघि बढ्नु पर्ने देखिन्छ । अनि मात्र साना तथा नयाँ लगानीकर्ताको हक हित सुरक्षित हुन्छ।

त्यस्तै यो चलचित्रमा रिजवानलाई कोठारीले प्रयोग गर्छन। विभिन्न लोभमा स्वार्थमा ठूला लगानीकर्ताको पछि लागेर अथवा कुनै पारिश्रमिक लगेर विभिन् व्यक्तिहरुले सामाजिक संजालदेखि ब्रोकर कार्यालयमा बजार सम्बन्धी प्रायोजित लेख पोस्ट गर्ने हल्लाह गर्ने गरेको कुरा बेला बखत शेयर बजारमा सुनिँदै आएका घटना हुन्। त्यसैले त्यस्ता व्यक्ति जो ठूला लगानीकर्ताको लागि साना लगानीकर्ताको विरुद्धमा क्रियाकलाप गर्दै आएका छन् उनीहरुले के बुझ्नु पर्छ भने एक दिन ती ठूला लगानीकर्ताले तपाईलाई प्रयोग गरे पश्चात तपाईंको फोन नम्बर ब्लक लिस्टमा हालेर बस्ने छन् ।

त्यस्तै, यो चलचित्रमा महत्वकांक्षाको बारेमा पनि बर्णन गरेको पाईन्छ। १०० मिटर दौडमा स्वर्ण पदक जित्नलाई सबैले चिन्छ तर म्याराथोनमा स्वर्ण पदक जित्नेलाई थोरैले चिन्दछन् । धेरै लगानीकर्ताहरु छिटो कमाउन तर्फ उन्मुख हुन्छन् तर अन्त्यमा जित भनेको थोरै महत्वकांक्षा लिएर अगाडी बढ्ने कै हुन्छ ।

रिजवानको बहिनी ज्वाईले रिजवानले भनेको मानेर सम्पूर्ण पैसा एउटै कम्पनी स्काईकम लगानी गछन् । अन्त्यमा, स्काईकमको शेयर मूल्यमा क्र्यास आउँदा उनीहरुलाई ठुलो अप्ठेरो पर्यो। हामीले यो कुराबाट पोर्टफोलियो व्यवस्थापनको शिक्षा लिन सक्छौ। आफुसँग भएको पैसा एउटै कम्पनीमा मात्र लगानी गर्दा जोखिम बढ्छ।

पुरा चलचित्र हेर्नुस :

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS