IME Life

नेपाल पुनर्बीमा कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंगलबार चैत ४ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा १ करोड ६० लाख कित्ता आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको आइपीओमा माग भन्दा २.९४ गुणा बढी आवेदन परेकको विक्री प्रबन्धकले जनाएको छ । आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत अवस्था भन्दा माथिल्लो आधार जनाउने ‘ग्रेड २’ रेटिङ दिएको छ ।

Prabhu
Crest

कम्पनीले कुल पुँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पुँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो । जसमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशतले हुन आउने ८ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुटाइएकोे छ ।

बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्तामा मात्र सर्वसाधरणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिंङ रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS