IME Life

भोलिदेखि आइपीओ आउने नेपाल पुनर्बीमा कम्पनीको बारेमा विस्तृत जानकारी

SPIL
NIC ASIA

काठमान्डौ : नेपाल पुनर्बीमा कम्पनीले यही चैत्र  ४ गते देखि १ करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर सर्वसाधरणका लागि आईपीओ निष्काशन गर्दै छ । कम्पनीको आईपीओ भर्ने समय यही चैत्र ७ गते सम्म रहेकोमा सो समयसम्म पनि सम्पूर्ण कित्तामा आवेदन नपरेमा आवेदन दिने समय चैत्र १८ गते सम्म समय थपिने छ।

Prabhu
Crest

नेपाल पुनर्बीमा कम्पनीको कुल जारी पूँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पूँजी रु एक अर्व ६०  करोड रकम बराबर प्रतिशेयर रु १०० अङ्कित दरका १ करोड ६० लाख कित्ता साधारण शेयरमध्ये ७३ हजार ५०० कित्ता शेयर कर्मचारीहरुलाई सुरक्षित गरिएको र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको र बाँकी रहने १ करोड ५१ लाख २६ हजार ५०० कित्तामा सर्वसाधरणका लगानीकर्ताहरुले प्राप्त गर्न सक्नेछन्।

आइपीओ निष्कासनका लागि कम्पनीले आरबीबी मर्चेन्ट बैकिंङ लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

ईक्रा नेपाल लिमिटेडले गरेको क्रेडिट रेटिङ्ग अनुसार यस कम्पनीले “ ईक्रा एनपि आईपिओ ग्रेड २” प्रमाणपत्र प्राप्त गरेको छ “ईक्रा एनपि आईपिओ ग्रेड २” ले औसत आधारहरु भन्दा माथि (Above Average Fundamentals) जनाउँदछ। इक्रा नेपालले १ देखि ५ प्वाइन्ट ग्रेडिङ्ग प्रदान गर्दछ जसमा ग्रेड १ ले बलिया आधार जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ। ग्रेड २, ३ र ४ मा प्रयोग गरिनें (Plus) चिन्हले यस समुहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ।

नेपालमा हालसम्म अन्य पुनर्बीमा कम्पनी सञ्चालनमा नरहेकोले पुनर्बीमा बजारमा आन्तरिक  प्रतिस्पर्धा गनुपर्ने अवस्था भने रहेको छैन । । नेपाल सरकारको आ.व २०७५/७६ को वजेट, नीति तथा कार्यक्रम अनुसार नेपाल भित्र रहेका प्रत्येक बीमा कम्पनीले नेपाल पुनर्बीमा कम्पनीलाई आफ्नो व्यवसायको २०% अनिवार्य रुपमा दिनुपर्ने व्यवस्था रहेको छ ।

अधिकांश बीमा कम्पनीहरु नेपाल पुनर्बीमा कम्पनीको शेयरधनी समेत भएको हुँदा उपरोक्त कम्पनीहरुबाट अधिकतम व्यवसाय समेत प्राप्त गरेको हुँदा तथा नेपालमा हाल एक मात्र पुनर्बीमा कम्पनीको रुपमा कार्यरत कम्पनीको  आन्तरिक प्रतिस्पर्धा शून्य रहेको तथा सामान्यता पुनर्बीमा व्यवसायको प्रकृति अनुरुप पुनर्बीमा कम्पनीको व्यवसायिक क्षेत्र सम्पूर्ण विश्वभरि नै रहने कुरा कम्पनीको आहवान पत्रमा उल्लेख रहेको छ।

कम्पनीको स्थापन:
यस नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, कम्पनी ऐन, २०६३ बमोजिम, बीमा ऐन, २०४९, बीमा नियमावली, २०४९ तथा प्रचलित कानुनको अधिनमा रहि स्वदेश तथा विदेशमा स्थापना भई निर्जीवन, जीवन, पुनर्बीमा सम्बन्धी व्यवसाय गर्ने कम्पनीहरुले गर्ने व्यवसायको आफुले धारण गर्ने भन्दा बढी जोखिम रकम पुनर्बीमाको माध्यमबाट पुनर्बीमा सम्बन्धी सुविधा प्रदान गरी आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यले मिति २०७१ /०७ / २१ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भै मिति २०७१ /०९ / ०४ मा बीमा समितिबाट बीमा व्यावसाय कारोवार गर्न इजाजत प्राप्त गरी मिति वि.स. २०७१ /०९ / ०७ देखी कारोवार संचालन गरिरहेको छ ।

कम्पनीले के काम गर्छ ?
पुनर्बीमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम बीमा ऐन २०४९, बीमा नियमावली २०४९ तथा अन्य प्रचलित कानूनको अधिनमा रहि कम्पनीको मुख्य उद्देश्यहरु देहाय बमोजिम व्यवस्था गरिएको छ।
(क) प्रचलित कानूनको अधिनमा रही पुनर्बीमा तथा बीमा व्यवसाय गर्ने,
(ख) विभिन्न जोखिम समुहको बीमा, पुनर्बीमा तथा दाबी भुक्तानी व्यवस्था मिलाउन गठन हुने बीमा पुल (सामुहिकीकरण) को स्थापना तथा व्यवस्थापन गर्ने गराउने,
(ग) पुनर्बीमा तथा बीमा व्यवसायबाट प्राप्त हुन आउने पुनर्बीमा तथा बीमा शुल्कबाट सिर्जित बीमा कोषमा जम्मा हुने रकमलाई विभिन्न क्षेत्रमा लगानी गर्ने,
(घ) विभिन्न कम्पनीहरुको संस्थापक भई वा नभई शेयरमा लगानी गर्ने गराउने,
(ङ) स्वदेशी तथा विदेशी बीमकहरुले गरेको बीमा तथा पुनर्बीमा व्यवसायको आफुले ग्रहण गरेको बीमा तथा पुनर्बीमामा आफुले धारण गर्ने भन्दा बढी जोखिम रकम पुनर्बीमा (रेट्रोसेसन) गराउने,
(च) सम्बन्धित निकायको स्वीकृति लिई स्वदेशी तथा विदेशी पुनर्बीमा कम्पनीहरुसँग आवश्यकता अनुसार पुनर्बीमा ब्रोकरहरुको सेवा लिई वा सोझै संयुक्त रुपमा वा छुट्टाछुट्टै पुनर्बीमा गर्ने गराउने,
(छ) शेयरपूँजी, पुनर्बीमा तथा बीमा शुल्क, व्याज र अन्य आय वापत प्राप्त रकम विभिन्न चल तथा अचल सम्पतिमा लगानी गर्ने, बिक्रि गर्ने तथा यस्तै प्रकारका व्यवसाय गर्ने, अन्य सहायक कम्पनी स्थापना गर्ने,
(ज) आफुले ग्रहण गरेको पुनर्बीमा तथा बीमा व्यवसाय अन्तर्गत उत्पन्न भएका दाबी एवं व्यवस्थापन गरेका बीमा कोष अन्तर्गत उत्पन्न हुने दाबी भुक्तानी सम्बन्धी कार्य गर्ने,
(झ) बीमकहरुले गरेको बीमा व्यवसाय अन्र्तगतको प्रत्यक्ष हिस्सा (डाइरेक्ट सेसन) ग्रहण गर्ने,
(ञ) पुनर्बीमा तथा बीमा क्षेत्रका विभिन्न विषय तथा जोखिम समुहहरुको पहिचान, विश्लेषण, मापन, अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने,
(ट) पुनर्बीमा तथा बीमा सम्बन्धी विषयहरुमा आवश्यकता अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कार्यशाला, गोष्ठी, सेमीनार, तालीम संचालन गर्ने गराउने,
(ठ) प्रचलित कानूनको अधिनमा रही कम्पनीमा स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित गर्ने तथा संयुक्त लगानी सम्झैता (जोइन्ट भेन्चर एग्रिमेन्ट) गर्ने ।

पूँजी संरचना सम्बन्धी जानकारी :
अधिकृत पूँजी : कम्पनीको अधिकृत पूँजी पन्ध्र अर्ब रुपैंया रहेको छ।
जारी पूँजी : कम्पनीको जारी पूँजी दश अर्ब रुपैंया रहेको छ।
चुक्ता पूँजी :  कम्पनीको चुक्ता पूँजी आठ अर्ब चालिस करोड रुपैंया रहेको छ । सर्वसाधारणलाई शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी दश अर्ब रुपैंया मात्र हुनेछ ।

चुक्ता पूँजीको संरचना :
यस कम्पनीमा नेपाल सरकारको सबैभन्दा धेरै शेयर रहेको छ। कम्पनीमा नेपाल सरकारको ४ करोड ४० लाख ३९ हजार कित्ता शेयर रहेको छ भने बीमा तथा अन्य संस्थाहरुको ३ करोड ९९ लाख ६१ हजार कित्ता शेयर रहेको छ। त्यस्तै,  सर्वसाधरणको १ करोड ६० लाख कित्ता शेयर रहने छ ।

प्राथमिक शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको पुँजी चुक्ता पूँजीको संरचना देहाय बमोजिम हुने छ :
नेपाल सरकार :  ४४ दशमलव ०३९ प्रतिशत
बीमा तथा अन्य संस्थाहरु: ३९ दशमलव ९६ प्रतिशत
सर्वसाधारण शेयरधनीहरु (कर्मचारीहरु समेत) : १६ प्रतिशत

कम्पनीमा हाल सम्म कसको कति लगानी ?

कम्पनीको आधारभूत कुराको अवस्था :

साधारण शेयर निस्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब पुग्ने छ।  त्यस्तै कम्पनीले गरेको प्रक्षेपण अनुसार अर्थिक वर्ष ७७/७८ मा कम्पनीको चुक्ता पुँजी १० अर्ब ५० करोड हुने छ भने आर्थिक वर्ष ७८/७९ मा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ०२ करोड पुग्ने छ।

त्यत्सै आर्थिक वर्ष ७५/७६ को अपरिस्कृत विवरण अनुसार कम्पनीको किताबी मूल्य १४९ रुपैया ५६ पैसा रहेकोमा किताबी मूल्य निरन्तर वृद्धि हुँदै जाने प्रक्षेपण नेपाल पुनर्बीमा कम्पनीले गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS