IME Life

जीवन बीमामा महिलाको आकर्षण बढ्दै, जागिर खाँदै बीमा गर्ने नयाँ संस्कार

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिको तथ्याङ्क अनुसार हाल बीमाको पहुँच २२ प्रतिशत पुगेको छ । जसमाथि ५ प्रतिशत वैदेशिक रोजगार बीमामार्फत थप हुँदा कूल बीमाको पहुँच २७ प्रतिशत पुगेको समितिको भनाई छ । यतिधेरै बीमाको पहुँच पुग्दा पनि लैंगिक रुपमा महिला र पुरुषको बीमालेख छुट्याउन त कठिन तर, विगतको तुलनामा महिलाहरुले बीमा गर्ने क्रम ह्वात्तै बढेको बीमा क्षेत्रमा कार्यरत अभिकर्ता, बीमा कम्पनीका कर्मचारी तथा बीमा बिज्ञहरुले बताएका छन् ।

बीमा क्षेत्रमा नेपालको अभ्यासलाई हेर्ने हो भने पुरुषको तुलनामा महिलाहरु बढि सक्रिय बन्न थालेका छन् । नेशनल लाईफ इन्स्योरेन्सका राष्ट्रिय प्रथम अवार्ड बिजेता शंकर लामिछाने अशान्तले बीमा गर्ने मात्रै नभएर व्यवसायमा काम गर्ने महिलाहरुको संख्या समेत उल्लेखनीय रुपमा बृद्धि भएको बताउँछन् ।

Prabhu
Crest

पछिल्लो समय महिलाहरु बीमा गरेर किस्ता बुझाउन मात्र हैन उनीहरु आर्थिक रुपमा समेत सवल बन्दै गएको देखिन्छ । महिलाले बीमामार्फत पारिवारिक दायित्वको जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्ने क्रम बढेको बीमा समितिका सल्लाहकार भोजराज शर्मा बताउँछन् । बीमा गरेपछि आवश्यक पर्दा ऋण समेत पाइने हुँदा महिलाहरुले बीमालाई गर्जो टार्ने बचतको रुपमा समेत लिन थालेका छन् ।

त्यसो त नेपाली महिलाहरु घरबाट बाहिर निस्केर दिनभरि जागिर गर्न थालेको धेरै भइसकेको छ । साँझ विहान घरको धन्दा सकाएर दिनभर सरकारी तथा निजि कम्पनीहरुमा जागिर गर्ने महिलाहरुको संख्या ठूलो छ । ललितपुरकी गीता सिटौला जवलाखेलस्थित एक कल सेन्टरमा कार्यरत छिन् । उनले रोजगारी गरेरै कमाएको आम्दानी एक बीमा कम्पनीमा बचत गर्ने गरेको बताउँछिन् ।

पाँच वर्ष पहिला सिटौलाले आफ्नी साथीमार्फत एक लाख रुपैयाँ बीमाङ्कको २० वर्षे जीवन बीमा योजना खरिद गरिन् र मासिक ५०० रुपैयाँ किस्ता तिर्दै आएकी छिन् । बीमा गरेपछि मनभित्रैबाट ढुक्क भएको उनको अनुभव छ ।
बिशेषतः घरधन्दाको जिम्मेवारी महिलाकै काँधमा हुन्छ । त्यसैले घरमा आवश्यक सामग्रीहरु पनि उनीहरुले नै किनमेल गर्ने गर्दछन् । महिलाले घरखर्चबाट बचेको रकम बचत गर्न पनि जीवन बीमा योजना उपयुक्त हुन सक्ने राष्ट्रिय प्रथम एजेन्सी म्यानेजर बनेका अशान्त बताउँछन् ।

नखीपोटकी मोनिका सुनुवार पनि थोरैथोरै रकम जम्मा गरेर बीमा गर्दा भविष्यमा आर्थिक समस्या आइपर्दा महिलाले पुरुषकै मुख ताक्नु नपर्ने बताउँछिन् । सुनुवार जस्तै काठमाडौंका धेरै कामकाजी महिलाहरुले छोराछोरी पढाउन, उनीहरूको विवाह/व्रतबन्ध गर्न, बिरामी वा दुर्घटना हुँदा औषधी उपचारलगायतको खर्चको जिम्मेवारी बीमा गरेर बीमा कम्पनीहरुलाई सुम्पिन थालेका छन् ।

पुरुषहरु वैदेशिक रोजगारीमा गएका कारण महिला गृहिणीहरुको बीमालेखको संख्या बढ्ने क्रममा रहेको पनि अनुमान गरिएको छ । सोही कारण पनि बीमा गर्नेको सङख्यामा पुरुषभन्दा महिला बढी भएको बीमा क्षेत्रका विश्लेषकहरुको भनाई छ । नेपालमा भएका महिलाहरुले विदेशबाट आउने रकम बचत गर्न बीमा योजना खरिद गरेपनि आफ्नो नियमित आम्दानीन भएको तथा विदेशबाट फर्केपछि कसरी किस्ता तिर्ने अर्को चिन्ताको विषय बन्न सक्ने देखिन्छ ।

श्रीमान बैदेशिक रोजगारी गएर प्राप्त आम्दानीबाट होस् वा कामकाजी महिलाले महिनाभर गरेको परिश्रमबाट आर्जिक आम्दानी होस्, बीमा क्षेत्रमा आउने क्रम बढ्दो छ । बीमा कम्पनीहरुलाई प्रतिफलमा ध्यान दिई तीन डिजिटको बोनसदर घोषणा गर्न सकेमा नेपाली महिलाहरुको आकर्षण जीवन बीमा क्षेत्रमा झनै बढ्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS