सिटिजन लाईफको नयाँ शाखा गुल्मीमा, बीमा समितिका अध्यक्ष चापागाँईद्वारा उद्घाटन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गुल्मीमा नयाँ शाखा विस्तार गरेको छ । सर्वसाधारण जनतामा बीमाको पहुँच थप विस्तार गर्दै गुल्मी र आसपासको क्षेत्रका जनतामाँझ आफ्नो सशक्त उपस्थिति जनाउने उद्देश्यका गुल्मीको तम्घासमा शाखा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

नयाँ शाखाको बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाँइ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बीमा समितिका सहायक निर्देशक पदम सोडारी, सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख बजार अधिकृत कवि फुयाल, शाखा प्रमुख दीपक पोखरेल,व्यावसाय विकास संयोजक राजेन्द्र पन्थीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार