आईएमई जनरल इन्स्योरेन्सको २२ औं साधारणसभा सम्पन्न, ६% बोनस शेयर पारित

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको २२ औं बार्षिक साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट छ प्रतिशत लाभांश पारित गर्नुका साथै संस्थापक र सर्वसाधारणको शेयर स्वामित्वको हिस्सा समेत परिवर्तन गर्ने प्रस्ताव पारित गरेको छ । साथै साधारण सभाले बोनश शेयरबापतको कर प्रयोजनार्थ नगद लाभांश समेत पारित गरेको छ ।

साधारणसभाकाले कम्पनीको वित्तीय विवरण अनुमोदन गरेको कम्पनीका सिईओ युगेशभक्त वादेले बताए । साधारणसभाबाट चार जना संस्थापक र दुई जना सर्वसाधारण शेयरधनीको तर्फबाट सहित कूल छ जना सञ्चालकहरु समेत चयन गरेको सिईओ वादेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार