धितोपत्र बोर्ड कर्मचारी युनियनमा नयाँ नेतृत्व

काठमाडौं । पुँजि बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डमा आबद्ध कर्मचारीहरुको आधिकारिक युनियनमा तोलाकान्त न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।

शुक्रबार सम्पन्न यूनियनको पाँचौं अधिवेशनले नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनमा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । चार वर्षे कार्यकाल रहने कार्यसमितिको उपाध्यक्षमा नहकुल भट्टराई, सचिवमा श्यामु मण्डल, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा राजन खतिवडा, अजय ढुंगाना, संगम राई, वसन्त रसाली र विपिन सापकोटा समेत सर्वसम्मत रुपमा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार