IME Life

साताको शेयर कारोबारः लगानीकर्ताको लागि सुखद हुन सकेन

SPIL
NIC ASIA

काठमाडौं । गत साता तीव्र उत्साहसाथ शेयर खरिद गरिरहेका लगानीकर्ताहरु यो साताको पहिलो दिन अत्तालिएर शेयर बिक्री गर्न थाले । अघिल्लो साता कारोबार बन्द हुँदा १६३२ रहेको नेप्से परिसूचक यो साताको आइतबार घटेर १५९१मा झर्यो । त्यस्तै दोस्रो दिन सोमबार लगानीकर्ताहरुको लागि कालो दिन नै सावित भयो ।

Prabhu
Crest

साताको पहिले दिन १५९१ दशमलव ३६ अंकमा रहेको परिसूचक रहेको नेप्से सोमबार ६ प्रतिशत घटेर सर्किट लागेर कारोबार अघि नै बन्द हुन पुग्यो । नेप्सेको नियम अनुसार एकैदिन छ प्रतिशतभन्दा बढिले बजार घटेपछि सो दिनको कारोबार बन्द हुनेछ । सर्किट लागेसँगै सोमबार नेप्से आईतबारको तुलनामा घटेर १४९५ दशमलव ३० अंकमा पुगेको थियो । सोमबार घटेको नेप्से पुनः मंगलबार बढेर १५०९ दशमलव ६७ मा कायम भयो ।

झिनो अंकले बढेको भएपनि टिक्न सकेन र बुधबार पुनः घट्दै १४४१ मा आईपुग्यो । साताको अन्तिम दिन बिहिबार पनि लगानीकर्ताहरुको लागि सुखद हुन सकेन । निरन्तर घट्ने क्रममा रहेको नेप्से परिसूचक १४३५ झरेर कारोबार बन्द भएको छ ।

अर्थमन्त्रीमा भएको फेरबदल तथा कोरोना भाइरसको कारण पार्न सक्ने प्रभावबारे विभिन्न आधारहिन विश्लेषणका कारण शेयर बजार तल भर्ने क्रम झरेको अनुमान गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS