आइएमई जनरलको साधारणसभा आज, ८०ः२० संस्थापक–सर्वसाधारण शेयर हिस्सा ६०ः४० बनाउने प्रस्ताव

काठमाडौं । आइएमई जनरल इन्स्योरेनसको २२ औं वार्षिक साधारण सभा शनिबार (फागुन २४ गते) हुँदैछ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । साधारणसभा शनिबार विहान १०ः०० बजे लैनचौर ब्याङ्क्वेटमा हुने कम्पनीले जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि पनि छलफल हुने छ । साथै सभामा चालु आर्थिक बर्षको लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

यस्तै, साधारणसभामा ८० प्रतिशत सस्ंथापक समूह र २० प्रतिशत सर्वसाधारण समूहको सेयर हिस्सा रहेको छ । अब यसलाई परिमार्जन गरेर ६० प्रतिशत सस्ंथापक समूह र ४० प्रतिशत सर्वसाधारण समूहको बनाइने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ रहेको छ । बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड रुपैयाँ पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार