IME Life

३० खर्ब सम्पत्ति भएको भारतीय एस बैंक डुब्यो, हजारौं निक्षेपकर्ता लाईनमा

SPIL
NIC ASIA

काठमाडौं । विश्वभर कोरोनाको कारण अर्थतन्त्रमा असर पुर्याइरहेको बेला भारतको चर्चित एस बैंक डुबेको छ । कूल ३० खर्ब १३ अर्ब ९० करोड रुपैयाँ सम्पत्ति भएको बैंक डुबेसँगै भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले नियन्त्रणमा लिएको छ ।

Prabhu
Crest

सञ्चालक समिति निलम्वन गर्दै रिभर्ज बैंकले न्यूनतम ५० हजार भारु सम्म रकम निकाल्न पाइने व्यवस्था लागू गरेको छ । विगत केही वर्षदेखि घाटामा रहेको बैंकको कूल घाटा १५०६ करोड पुगेपछि डुबेको हो ।
बैंक डुबेको समाचार बाहिर आएसँगै लाखौं मानिस जम्मा गरेको निक्षेप निकाल्न लाइनमा बसेका छन् । देशभर कूल ११२२ वटा शाखा कार्यालय रहेको बैंकको एटिएम बन्द छ भने शाखा कार्यालयमा हजारौ मानिस पैसा झिक्न लाइनमा बसेका छन् ।

यसैबीच, भारतका केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले प्रत्येक व्यक्तिको निक्षेप सुरक्षित रहेको बताउँदै धैर्य धारण गर्न आग्रह गरेकी छिन् । पूर्व वित्तमन्त्री पि. चिदम्वरले बैंकको ऋण बुक नियन्त्रणमा लिएर अनुसन्धान गर्न आग्रह गर्दै ट्वीटरमा लेखका छन् ।

सन् २००४ मा स्थापना भएको बैंकलाई सन् २०१७ देखि रिभर्ज बैंक अफ इण्डियाले नजिकबाट नियमित अनुगमन गर्दै आएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS