‘एसईई परिक्षा चैत्र ६ गतेदेखि नै हुने, स्थगित गरिएको छैन’ शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा मन्त्रालयले शुक्रबार अपरान्ह एक प्रेस बिज्ञप्तिमार्फत एसईई परिक्षा तोकिएकै समयमा सञ्चालन हुने जनाएको छ । कोरोना (कोभिड–१९) भाइरसले विश्वभर आतंक मच्चाएको सन्दर्भमा नेपालमा चैत्र ५ गतेभित्र कक्षा १ देखि ९ गतेसम्मको परिक्षा सम्पन्न गरेर विद्यार्थीलाई छुट्टी दिने यसअघि नै निर्णय गरिसकिएको तथा एसईई परिक्षा निर्धारित समय अर्थात चैत्र ६ गतेबाटै सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रबक्ता तथा सह–सचिव दीपक शर्माद्वारा जारी प्रेस बिज्ञप्तिमा एसईई परिक्षा स्थगित भएको भन्ने हल्ला निराधार भएको प्रष्ट पारिएको छ । विश्वमा विकसित परिस्थितिबारे मन्त्रालय सुक्ष्म विश्लेषण गरिरहेकाले शिक्षा मन्त्रालयको आधिकारिक वेभसाईट तथा सार्वजनिक सञ्चार माध्यममार्फत दिइने औपचारिक सूचना मात्रै आधिकारिक हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार