IME Life

बहुप्रतिक्षित नेपाल पुनर्बीमा कम्पनीको १.६ अर्बको आईपिओ खुल्यो, चैत्र ४ गतेदेखि आवेदन भर्न पाइने

SPIL
NIC ASIA

काठमाडौं । चौतर्फी प्रतिक्षा गरिएको बहुप्रतिक्षित नेपाल पुनर्बीमा कम्पनीको आईपिओमा आवेदन खुल्ला गरिएको छ । कूल एक अर्ब ६० करोड रुपैयाँको आईपिओमा आगामी चैत्र ४ गतेदेखि आवेदन खुल्ला गरिएको हो । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले आज सार्वजनिक गरेको आह्वान पत्र अनुसार एक सय रुपैयाँ अंकित एक करोड ६० लाख कित्ता प्राथमिक शेयर निष्काशन गरिएको छ । नेपालको इतिहासमा यति ठूलो आईपिओमा प्रस्ताव आह्वान गरिएको पहिलो पटक हो ।

Prabhu
Crest

सूचना अनुसार चैत्र ४ गतेदेखि खुल्ने आवेदन छिटोमा चैत्र ७ गते नै बन्द हुनेछ अर्थात जम्मा चार दिनमात्रै भर्न पाइनेछ भने ढिलोमा चैत्र १८ गते बन्द हुनेछ । चैत्र ७ गतेभित्र आह्वान गरिएको शेयर बराबरको प्रस्ताव नपरेमा मात्रै ढिलो मितिमा आवेदन दिन सक्ने सम्भावना रहन्छ । विगतमा जस्तो लाइन बस्नुनपर्ने र अनलाईनबाटै आवेदन दिन पाइने हुँदा सम्भवतः चैत्र ७ गते नै आह्वान गरिएको प्रस्तावको कोटा पुरा भई सोही दिन बन्द हुनेछ । जम्मा चार दिन मात्रै आवेदन दिने समय राखिएको चैत्र ४ गतेदेखि ७ गतेसम्म बैंकमा नयाँ खाता खोल्नेहरुको भने भिडभाड लाग्ने देखिएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको आईपिओमा आवेदन दिन डिम्याट खाता अनिवार्य छ । डिम्याट खाता नखोलेकाहरु सबैभन्दा पहिला आफ्नो खाता रहेको बैंक वा अन्य डिम्याट खाता खोल्न मिल्ने स्थानमा गएर खाता खोलेपछि मात्रै बैंकमार्फत आवेदन दिन सक्नेछन् ।

चुक्ता पुँजि ८६० करोड रहेको नेपाल पुनर्बीमा कम्पनीको आईपिओ जारी पश्चात चुक्ता पँजि १००० करोड पुग्नेछ । कम्पनीले निष्काशनका लागि सार्वजनिक प्रस्स्ताव आह्वान गरिसकेको आईपिओमा कूल १ करोड ६० लाख कित्तामध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई वितरण गरिनेछ भने ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । सो वितरण पश्चात सर्वसाधारणले बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सो आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने जनाएको छ । यसका अलावा मेरोशेयर सफ्टवेयरमार्फत अनलाईनबाट पनि आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS