नेपाल इन्स्योरेन्सको साधारणसभा चैत २१ गते, बुक क्लोज कहिले ?

Citizen Life Insurance Co

काठमाडौं । नेपाल इन्स्योरेन्सको साधारण सभा चैत २१ गते हुने भएको छ । जसका लागि कम्पनीले चैत ४ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

इन्स्योरेन्सले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र २ दशमलव ८९ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्तावलाई स्वीकृतिका लागि साधारण सभामा लैजाने भएको छ ।

कम्पनीको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा र बुक क्लोजको मिति तय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार