IME Life

युरोपको चर्चित फ्लाईबी टाट उल्टियो, कोरोनाका कारण यात्रु नपाउँदा जहाज रित्तै

SPIL
NIC ASIA

एजेन्सीहरु । युरोपको चर्चित एयरलाइन्स कम्पनी फ्लाईबी टाट उल्टिएको छ । कोरोनाको महामारीका कारण यात्रुहरु नपाएर जहाजहरु रित्तै हुन थालेपछि जहाज कम्पनी टाट उल्टिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । बेलायतभित्र सबैभन्दा धेरै उडान गर्ने कम्पनी टाट उल्टिएपछि हजारौं यात्रुहरु मारमा परेका छन् ।

नेपाल एयरलाइन्समा केही ढिलो गरी सुरु भएको फ्लाईबी सन् १९७९ मा स्थापना भएको थियो । दुई हजार ३०० जना कामदार रहेको कम्पनीका ८० वटा जहाजले युरोप तथा बेलायतभित्र उडान भर्दै आएका थिए । कम्पनीले सन् २०१९ मा नौ मिलियन पाउण्ड घाटा व्यहोरेको थियो । दुई महिना पहिले बेलायत सरकारले १०० मिलियन आर्थिक सहयोग दिने घोषणा गरेको कम्पनी कोरोना भाइरसको कारण यात्रुहरुको संख्यामा भारी मात्रामा कटौति भएपछि आज विहानैदेखि बन्द भएको हो ।

Prabhu
Crest

जहाजका सबै उडान रद्द गरिएको कम्पनीले जनाएको छ । बेलायतको नागरिक उड्डयन प्राधिकरणले बिहीबार बिहान फ्लाईबी एयरलाइन्स प्रशासनमा प्रवेश गरेको घोषणा गरेको छ । सबै फ्लाइबीका उडानहरू रद्द गरिएपछि विमानस्थलमा यात्रुहरु अलपत्र परेका छन् । प्रशासनले सबै यात्रुलाई विमानस्थल नआउन भनेको छ । बेलायतको उड्डयन प्राधिकरणले ट्वीटरमा सूचना राख्दै भनेको छ, ‘कृपया एयरपोर्टमा नजानुहोस् किनभने तपाईंको फ्लाइब उडान अपरेटिंग हुने छैन ।’ सो हवाई कम्पनी बेलफास्ट, साउथेम्प्टन, म्यानचेस्टर र बर्घिङ्म लगायतका विमानस्थलहरूबाट बार्षिक झण्डै १० लाख यात्रुलाई सेवा प्रवाह गर्दै आएको थियो ।

उक्त हवाई कम्पनीको पतनसँगै बेलायतमा यात्रुहरुले धेरै सास्ती व्यहोर्न बाध्य हुने चेतावनी दिइएको छ । सो विमान कम्पनी टाट उल्टिएसँगै हवाई बीमाको कारोबार ह्रास आउने विश्लेषण गरिएको छ । ८० वटा जहाजबाट बार्षिक करोडौं रुपैयाँको बीमा कारोबार हुँदै आएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS