गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

Citizen Life Insurance Co

काठमाडौं। गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा इन्स्योरेन्सकोे बिहीबार शत प्रतिशत हकप्रद शेयर जारी पश्चात शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले १ः१ अनुपातमा हकप्रद निष्कासन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो । नेप्सेले गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ४ सय  ७० रुपैयाँ कायम गरेको छ ।

कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता १०० अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार