सेन्चुरी बैंकको साधारणसभा चैत्र १४ मा, बुक क्लोजको मिति सार्वजनिक

Citizen Life Insurance Co

काठमाडौं । सेन्चुरी बैंकले आगामी चैत्र १४ गते साधारणसभा गर्ने भएको छ । फागुन २० गते बसेको बैंक सञ्चालक समितिको ३०६ औं बैठकले बैंकको साधारणसभा र बुक क्लोजको मिति तय गरेको हो ।

बैंकले यही फागुन ३० गते बुक क्लोज मिति तोकेको छ । फागुन ३० गतेसम्म कायम रहेको शेयरधनीहरुले मात्रै साधारणसभाबाट पारित लाभांश र बोनस लिन पाउनेछन् । त्यस्तै, बैंकले राष्ट्र बैंक समक्ष पेश गरेको लाभांश समेत स्वीकृत भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार