एनएमबि बैंकद्धारा मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

Citizen Life Insurance Co

दैलेख । एनएमबि बैंकले मृतकको परिवारलाई बीमादाबी भुक्तानी गरेको छ । दैलेख शाखामा ‘एनएमबि तलब खाता’ खोली कारोबार गर्दै आएका स्व. दानबहादुर गुरुङको बीमादाबी भुक्तानी गरेको हो । गुरुङको दुर्घटनामा परी मृत्यु भएपछि बीमितले पाउने १ लाख ३० हजार रुपैयाँ बैंकले भुक्तानी गरेको जनाएको छ ।

बैंकले स्व. गुरुङकी पत्नी कोपिला गुरुङलाई सोमवार रकम हस्तान्तरण गरेको हो । बैंकका वीरेन्द्रनगर शाखाका गुरुङ परिवारलाई बीमाबापतको रकम हस्तान्तरण गरेका थिए ।

बैंकको उक्त खाता योजनामा शून्य मौज्दातमै नेपालभर पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएमको साथै ७ लाख सम्मको दुर्घटना बीमा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार