IME Life

केएल टावरमा मोबाईल बैंकिङ मेला सम्पन्न, आगामी मेला सिभिल मलमा मार्च ८ मा हुने

SPIL
NIC ASIA

काठमाडौं । मोबाईल बैंकिङ मेला आयोजना गरेको फोनपेले राजधानीको चावहिलस्थित केएल टावरमा पनि दोस्रो मेला सम्पन्न गरेको छ ।फोनपेले राजधानीमा रहेका प्रमुख मलहरूमा फेबु्रअरी र मार्च महिनामा यस किसिमको मोबाईल बैंकिङ मेला सञ्चालन गर्ने भएको छ ।

मोबाईल बैंकिङ मार्फत जुनसुकै बेला पनि वित्तीय सेवाहरू प्रयोग गर्न सकिन्छ । स्क्यान टु पे सुविधा मार्फत बिजुलीको महशुल, टेलिफोन बिल भुक्तानी ,हवाइजहाज टिकट, चलचित्र टिकट, किराना पसलमा किलमेल जस्ता थुप्रै सेवा सरल रूपमा लिन सकिने व्यवस्था रहेको छ ।

Prabhu
Crest

मोबाईल बैंकिङ मेला एउटा आकर्षक अन्तरक्रियात्मक कार्यक्रम हो, जहाँ धेरै रोचक खेलहरूका साथमा सहभागीले थुप्रै पुरस्कार जित्न सक्नेछन् । सहभागी सबै जनाले फेन्सी सामाग्रीका साथै तत्काल मोबाइइल टपअप जस्ता उपहार जित्न सकिनेछ । मेलामा सहभागी सबै जनामध्येबाट एक जनाले बम्पर उपहारका रूपमा ५० हजार रूपैयाँ जित्न सकिनेछ । बम्पर उपहार विजेता मेलाको अन्तिममा घोषणा गरिनेछ ।

यसबाहेक यो योजनामा सहभागीहरू फोन पे र्को अर्को मेगा अभियान ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनामा सहभागी हुन सकिनेछ । कुनैपनि मोबाईल बैंकिङ प्रयोगकर्ता आफनो बैंकको मोबाईल बैंकिङ एप मार्फत क्युआर स्क्यान टु पे मार्फत कारोबार गरी यस योजनामा सहभागी हुन सकिनेछ । जनवरी २ देखि सुरू भएको यो योजना जुलाई २, २०२० सम्म चल्नेछ ।

उक्त मेलामा मिस नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका साप्ताहिक मोबाईल बिजेतालाई २५ हजार रूपैयाँ बराबरको मोबाईल फोन हस्तान्तरण गरेको थियोे । अर्को मोबाईल बैंकिङ मेला मार्च ८ का दिन सुन्धाराको सिभिल मलमा आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS