उच्च अंकले बजार घट्दा साढे दुई घण्टामै बजार बन्द

Citizen Life Insurance Co

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सोमबार छ प्रतिशतभन्दा बढि अंकले नेप्से घटेका कारण साढे दुई घण्टामै बजार बन्द भएको छ । नेप्से परिसूचक हालसम्मकै ऐतिहासिक उच्च गिरावट हो ।

अपरान्ह १२ः४६ बजे नेप्सेमा आएको गिरावट ५ प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको थियो । अपरान्ह १३ः२६ मा खुलेको बजार दुई मिनेटमै ९६.६ अंकले घटेपछि सोमबारका लागि बजार बन्द भएको छ । नेप्सेको नियम अनुसार एकैदिन छ प्रतिशतभन्दा बढिले बजार घटेपछि सो दिनको कारोबार बन्द हुने नियम छ ।

शेयर बजारमा एकै दिन यति धेरै मूल्यले गिरावट आएको पहिलो रेकर्ड हो । विश्वभर फैलिएको कोरोना भाइरस तथा अर्थमन्त्रीका कारण शेयर मूल्य घटेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार