बीमा विधेयकमाथिको छलफलमा ढिलाई

Citizen Life Insurance Co

काठमाडौं । गत आर्थिक वर्षको अन्त्यमा प्रतिनिधिसभामा पेश भएको बीमा विधेयक संसदको कम प्राथमिकतामा परेको छ । लामो समयसम्म संसद सचिवालयमा अल्झिएको बीमा क्षेत्रको निमयन सम्बन्धी विधेयक अर्थ समितिमा अघिल्लो साताबाट प्रवेश गरेको भएपनि थप छलफलमा ढिलाई भएको छ ।

अर्थ समिति स्रोतका अनुसार अझै कम्तीमा तीन दिन छलफल हुनेछैन । सभापतिको व्यस्तता तथा अर्थमन्त्री फेरिने नफेरिने भन्ने निश्चित नभई बीमा विधेयकमाथि छलफल नहुने अर्थ समितिका एक सदस्यले जानकारी दिए । आर्थिक बर्ष २०७५ असार २७ गते बीमा ऐन २०७५ को मस्यौदा (विधेयक) संसदमा दर्ता भएको थियो । लामो समयपछि अर्थ समितिमा आईपुगेको विधेयक अझै केही दिन अल्झिने भएको हो ।

गत साताको सोमबार बसेको अर्थ समितिको बैठकमा बीमा प्राधिकरण सम्बन्धी विधेयकमाथि छलफल सुरु भएको थियो । समितिको बैठक बस्न नसकेको कारण छलफलमा ढिलाई भएको अर्थ समितिका सचिव सुरेन्द्र अर्यालले इन्स्योरेन्स खवरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार