ग्लोबल आइएमई बैंक, एफवीन, आईएलओबीच सम्झौता

Citizen Life Insurance Co

काठमाडौं । ग्लोबल आइएमई बैंक ,महिला उद्यमी महासंघ नेपाल र अन्तराष्ट्रिय श्रम संगठन नेपाल बीच महिलाले संचालन गरेका घरेलु–साना तथा मझौला व्यवसायको विस्तारमा आवश्यक वित्तीय पहुँच पुराउने सम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर भएको छ ।

बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, महिला उद्यमी महासंघका अध्यक्ष रिता सिंहा र अन्तर्रा्ष्ट्रिय श्रम संगठन, नेपालका निर्देशक रिचार्ड होवार्डले काठमाडौंमा आयोजित सार्कस्तरीय रोजगारदाता मञ्चको एक कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात् ३ वटै संस्थाले महिलाद्वारा प्रवद्धित घरेलु, साना तथा मझौला व्यवसायमा सहज तथा सरल रुपमा वित्तीय पहुँच पुराउन संयुक्त रुपमा काम गर्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार