IME Life

१९ जीवन बीमा कम्पनीको छ महिनाको व्यवस्थापन खर्च ३९ करोड

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अन्त्यसम्म्मा ३९ करोड ७६ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार कम्पनीहरुले उक्त रकम बराबरको व्यवस्थापन खर्च गरेको वित्तीय विवरणमा उल्लेख गरेका छन् ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमासम्ममा सबैभन्दा धेरै व्यवस्थापन खर्च गर्ने कम्पनी नेपाल लाइफ, युनियन लाइफ, लाइफ इन्स्योरेन्स कर्पोशन ,नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । नेपाल लाइफले सबैभन्दा धेरै व्यवस्थापन खर्च मार्फत पुस मसान्तसम्ममा ५ करोड २१ लाख रुपैयाँ खर्च गरेको छ । दोस्रोमा नयाँ जीवन बीमा कम्पनी युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा ३ करोड ४२ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

Prabhu
Crest

लाइफ इन्स्योरेनस कर्पोशन (नेपाल)ले ३ करोड ८ लाख रुपैयाँ, प्राइम लाइफले २ करोड ७८ लाख रुपैयाँ, प्रभु लाइफले २ करोड ५८ लाख रुपैयाँ, मेट लाइफले २ करोड ३० लाख रुपैयाँ, सिटिजन लाइफले १ करोड ९८ लाख रुपैयाँ, एसियन लाइफले १ करोड ९२ लाख रुपैयाँ, सूर्या लाइफले १ करोड ९२ लाख रुपैयाँ, महालक्ष्मी लाइफले १ करोड ५१ लाख रुपैयाँ र रिलायन्स लाइफले १ करोड ५३ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेका छन्।

त्यस्तै, आइएमई लाइफले १ करोड ५१ लाख रुपैयाँ, ज्योति लाइफले १ करोड रुपैयाँ, रिलायबल लाइफले १ करोड ३७ लाख रुपैयाँ, गुराँस लाइफले १ करोड २४ लाख रुपैयाँ, सन नेपाल लाइफले १ करोड १६ लाख रुपैयाँ, सानिमा लाइफले ८३ लाख ९८ हजार रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले ७९ लाख २० हजार रुपैयाँ व्यवस्थापन खर्च गरेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS