IME Life

७६ लाख बीमितको जोखिम १९ बीमा कम्पनीमा, म्यादी जीवन बीमाले बढायो संख्या

SPIL
NIC ASIA

काठमाडौं । हाल संचालनमा रहेका १९ वटा बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ७६ लाख ८७ हजार २ सय २९ वटा बीमालेख जारी गरेका छन् । अर्थात ६३ लाख बीमितको जोखिम १९ वटा जीवन बीमा कम्पनीमार्फत बहन गर्दै आएका छन् ।

Prabhu
Crest

बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवण अनुसार पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमालेख जारी गर्ने कम्पनी नेपाल लाईफ रहेको छ । सो कम्पनीले १२ लाख ५८ हजार ५ सय ११ वटा पोलिसी जारी गरेर आफूलाई देशकै सबैभन्दा ठूलो कम्पनीको रुपमा स्थापित गरेको छ । त्यस्तै दोस्रोमा लाईफ इन्स्योरेन्स कर्पोशन नेपालले ७ लाख ५१ हजार वटा बीमालेख जारी गरेको छ ।

दोस्रो नम्वरमा रहेको एलआईसी नेपालले असोजदेखि पुसमसान्तसम्ममा दुई हजार नयाँ पोलिसी थप गर्न सफल भएको छ । त्यस्तै, नेशनल लाइफ इन्स्यारेन्स कम्पनीले पुस मसान्तसम्ममा ८ लाख ४ हजार ५ सय ४० वटा बीमालेख जारी गरेको छ । सो पोलिसीमा म्यादी बीमाको पोलिसी समेत समावेश छ ।

त्यस्तै, म्यादी बीमा गर्ने अर्को कम्पनी सूर्या लाइफले ४ लाख ४२ हजार वटा बीमालेख कायम रहेको वित्तीय विवरणमा उल्लेख छ । त्यस्तै प्राइम लाइफले ३ लाख ३० हजार, एसियन लाइफले २ लाख ८३ हजार वटा बीमालेख जारी गरेका छन् । युनियन लाईफले दुई लाख ५१ हजार ६८२ वटा पोलिसी जारी गरेको छ ।

त्यस्तै, सिटिजन लाइफले १२ हजार ७ सय ९८ वटा, ज्योति लाइफले ९ हजार ९ सय ५५ वटा, आइएमई लाइफले २० हजार ६ सय वटा, रिलायन्स लाइफले ७ हजार ६ सय, सन नेपाल लाइफले ८ हजार ९ सय, सानिमा लाइफले २३ हजार २ सय, प्रभु लाइफले ३३ हजार ६ सय र महालक्ष्मी लाइफले ६ हजार ७ सय ६९ वटा बीमालेख जारी गरी कायम राखेका छन् ।

मेट लाइफले हालसम्ममा १२ लाख ४९ हजार वटा बीमा पोसिली जारी गरेको छ भने रिलायबल लाइफले १९ लाख ९२ हजार वटा बीमालेख जारी गरेका छन् ।  त्यसैगरी, सरकारी कम्पनी राष्ट्रिय बीमा संस्थानले यस त्रैमासको बीमालेख वित्तिय विवरणमा सार्वजनिक गरेको छैनन् । म्यादी बीमा पुलको व्यवस्थापन गर्दै आएका नेशनल लाईफ, सूर्या लाईफ, रिलायबल लाईफ र युनियन लाईफको बीमालेखको संख्या म्यादी बीमा पुलमा जारी गरेको बीमालेखको संख्या सहित हो भने अन्यको खूद बीमालेख संख्या हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS