IME Life

बीमा सफ्टवयेर ‘इन्स्योर’ मा समस्या, कम्पनीहरुको विवरण गडबढ भएको आशंका

SPIL
NIC ASIA

काठमाडौं । नेपालका अधिकांश निर्जिवन बीमा कम्पनीहरुले प्रयोग गर्दै आएको बीमा सम्बन्धी सफ्टवयर ‘इन्स्योर’ मा समस्या देखा परेको छ । समस्याका कारण एउटा बीमा कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण नै सार्वजनिक गर्न नसकेपछि इन्स्योरको विश्वसनीयतामाथि पनि प्रश्न चिन्ह उठेको छ ।

भारतीय बीमा कम्पनी ओरियन्टल इन्स्योरेन्सको नेपालस्थित शाखा कार्यालयले ‘इन्स्योर’ नामक सफट्वयर प्रयोग गर्दै आएको छ । तर, सो सफट्वयरले निकालेको पुनर्बीमा कमिशनको हिसाब नमिलेपछि कम्पनीले प्रथम त्रैमासको वित्तीय विवरण नै मिल्न नसकी समस्यामा परिरहेको छ । ओरियन्टल मात्रै नभएर अन्य बीमा कम्पनीहरुले समेत इन्स्योरबाट ठूलो समस्या भोग्दै आएको खुलेको छ ।

Prabhu
Crest

स्रोतका अनुसार इन्स्योरमा दैनिक रुपमा समस्या आउने गरेको छ । दैनिक समस्याहरु आउने र इमेलमार्फत कम्प्लेन लिएर हल गर्ने गरिएको अरिहन्तका एक कर्मचारीले इन्स्योरेन्स खवरलाई बताए । परिचय खुलाउन नचाहने ति कर्मचारीका अनुसार ‘इन्स्योर’मा दैनिक दर्जनौं समस्याहरु आउने गरेका छन् । हाल इन्स्योर चलाइरहेका बीमा कम्पनीहरुबाट दैनिकजसो नै इमेलमार्फत समस्याहरु लिने र हल गर्दै आएको इन्स्योर सफट्वयेर हालै मात्रै तीन वटा बीमा कम्पनीहरुले प्रयोग गर्न थालेका छन् । शिखर इन्स्योरेन्स र नेको इन्स्योरेन्सले भर्खरै ‘इन्स्योर’ सफ्टवयर प्रयोग गर्न थालेका छन् ।

गत बुधबारदेखि बीमा समितिले जारी गरेको सूचना प्रविधि सम्बन्धी निर्देशिकामा सफ्टवयेर समेत प्रभावकारी रुपमा काम गर्ने हुनुपर्ने उल्लेख छ । तर, नेपाली कम्पनीहरुल प्रयोग गर्दै आएको ‘इन्स्योर’ नामक सफ्टवयरकै कारण ओरियन्टल इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न सकेको छैन । ओरियन्टल जस्तै इन्स्योरेन्स प्रयोग गर्ने धेरैजसो बीमा कम्पनीहरुले इन्स्योरमा समस्या भोगिरहेको गुनासो गरेका छन् । ओराकल सफ्टवयर प्रयोग गरेर हालौ मात्र ‘इन्स्योर’ सफ्टवयर प्रयोग गरेको तेस्रो निर्जिवन बीमा कम्पनी कम्पनीका एक कर्मचारीका अनुसार ‘इन्स्योर’मा दैनिक रुपमा समस्याहरु आउने गरेका छन् ।

ओरियन्टल इन्स्योरेन्समा कमिशनको हिसाब किताब नमिलेको खुलेसँगै इन्स्योर सफ्टवयरमार्फत प्रकाशन गरिएको वित्तीय विवरणको सत्यतामाथि प्रश्न चिन्ह उठेको छ । सो सम्बन्धमा बुझ्न खोज्दा अरिहन्त टेक्नोलोजीले कुनै प्रतिक्रिया दिन मानेन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS