IME Life

चितवन पुगेर प्रचण्डको उद्घोष, ‘अर्थमन्त्रीमा डा. खतिवडा कायमै राख्छौं’

SPIL
NIC ASIA

काठमाडौं । नेकपा (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले चितवनमा पुगेर नयाँ घोषणा गरेका छन् । शुक्रबार विहान चितवन पुगेका उनले अर्थमन्त्री डा. युवराज खतिवडालाई कायमै राख्ने प्रष्ट पारेका छन् । भरतपुरस्थित विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टीभित्रको झगडालाई दुवै पक्ष वीन वीन अवस्थामा मिलाउने नयाँ खाका समेत सार्वजनिक गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभामा सिफारिस गरिने पदमा बामदेव गौतमलाई नै सिफारिस गरिने बताए । साथै प्रचण्डले वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा समेत कायम रहने बताएका छन् । प्रचण्डले प्रधानमन्त्री ओलीको अडान पनि पूरा हुने र पार्टीको सचिवालयले गरेको निर्णय समेत कार्यान्वयन गरिने बताएका छन् ।

Prabhu
Crest

पार्टीभित्र चर्को झगडा परेको र प्रधानमन्त्री ओलीलाई हटाउन समेत तयारी भएको हल्ला र चर्चाका बीच नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरुसँगको भेटमा बामदेव गौतमलाई राष्ट्रियसभामा लग्ने निर्णय पार्टीले सर्वसम्मत रुपमा गरेको र यो निर्णय कार्यान्वयन हुनेछ । गत बुधबार बसेको नेकपाको सचिवालय बैठकले राष्ट्रियसभामा रिक्त एक जनाको पदमा यसअघि बर्दियाबाट निर्वाचनमा हारेका बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

सो निर्णयका बखत केही नबोलेका प्रम ओलीले अपरान्ह उक्त निर्णय कार्यान्वयन नगर्ने र अर्थमन्त्री डा. खतिवडालाई नै निरन्तरता दिने प्रतिक्रिया दिएपछि नेकपाभित्रको झगडा बाहिर आएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS